• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

राजनीतिबारे नबोल्ने सेलेब्रिटीदेखि युवा पुस्तासम्मको समर्थन बालेनलाई

  •   शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

वैशाख १७ , काठमाडौं । काठमाडौं महानरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका बालेन शाहको चर्चा युवापुस्ता र सेलेब्रिटीमाझ बढी छ। युवाहरूको ठूलो जमात उनको समर्थनमा उत्रिएको छ। सामाजिक सञ्जाल बालेनकै पक्षमा देखिन्छ। प्रायः राजनीतिक विषयमा चुप लाग्ने कलाकारहरू पनि बालेनको पक्षमा बोलेका छन्। उनीहरूले खुलेरै बालेनलाई भोट मागिरहेका छन्।

कलाकारिता क्षेत्रबाहेकका चर्चित व्यक्तिहरू पनि बालेनको पक्षमा उभिएका छन्। पाइलट विजय लामाले उनको पक्षमा भोट मागेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बालेनलाई शुभकामनासमेत दिएका छन्। बालेन आफैँ पनि पेसाले इन्जिनियर तथा र्‍यापर हुन्।

ad
अभिनेता निश्चल बस्नेत, अभिनेत्रीहरू प्रियंका कार्की, स्वस्तिमा खड्का, नम्रता श्रेष्ठ, गायिका इन्दिरा जोशी, गायकहरू राजेशपायल राई, हेमन्त शर्मालगायतले बालेनको समर्थनमा भोट मागेका छन्। अधिकांशले बालेनको घोषणापत्र मन परेको प्रतिक्रिया दिएका छन्। अभिनेता बस्नेतले फेसबुकमा बालेनको पक्षमा भोट माग्दै लेखेका छन्, ‘कसैलाई गीत मात्रै लाग्ला, धेरैलाई प्रचार मात्र। मलाईचाहिँ परिवर्तनको विगुल बजेजस्तो लाग्यो।’ बस्नेत बालेनको घोषणापत्र सार्वजनिक कार्यक्रममै उपस्थित भएका थिए।

कलाकार निर्मल शर्मा पनि सो कार्यक्रममा उपस्थित थिए। उनले पनि बालेनको पक्षमा भोट माग गरेका छन्। गायक शर्माले पनि बालेनको पक्षमा भोट माग्दै बालेनका तर्कसहितको योजनाको तारिफ गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका निम्ति मेयरका स्वतन्त्र उम्मेदवार, लोकप्रिय गायक भाइ बालेन शाहको गीत सुन्दा जति मजा आउँछ, काठमाडाैं विकासको तर्कसहितको योजना सुन्दा पनि त्यति नै मज्जा आउँछ।’

अभिनेत्री खड्का र श्रेष्ठले पनि बालेनको घोषणापत्र सामाजिक सञ्जालमा पोस्ट गर्दै भोट मागेका छन्। अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा घोषणापत्र पोस्ट गर्दै ‘भोट फर बालेन’ ह्यासट्याग प्रयोग गरेकी छिन्। यता गायक राईले बालेनसँगको फोटो फेसबुकमा पोस्ट गर्दै शुभकामना दिएका छन्।

त्यसो त बालेनलाई समर्थन गर्नेहरूमध्ये कतिपय काठमाडौंभन्दा बाहिरका भोटरहरू पनि छन्। काठमाडौंबाट मतदान गर्न नपाउनेहरूले बालेनलाई भोट मागेर सहयोग गरिरहेका भन्दै कटाक्ष गर्नेहरू पनि छन्। सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर बालेनको प्रचारप्रसार गरिएको छ। नेतृत्व तहमा नयाँ पुस्तालाई पुर्‍याउन युवा र स्वतन्त्र क्षेत्रका व्यक्तिहरूले बालेनको समर्थन गरिरहेका छन्।

स्वतन्त्र ढंगले उम्मेदवारी दिएका बालेन शाह जित्ने दाबीसहित प्रचारप्रसारमा लागेका छन् । आफूले ९० हजारभन्दा बढी भोट ल्याउने उनले किटान गरेरै बताएका छन्। तर, कतिपय भने सामाजिक सञ्जालको चर्चा र भिड हुँदैमा भोट आउँछ भन्न नमिल्ने तर्क गर्छन्। यद्यपि, बालेनले काट्ने भोटको संख्यालाई नजरअन्दाज गर्न नसकिने विश्लेषकहरूको भनाइ छ।

शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.