बैशाख १९ , चितवन । पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुरको मेयरपदका उम्मेद्वार रेनु दाहालले भरतपुरमा प्रतिगामी तत्वहरुको नौटंकी सुरु भएको बताउनु भएको छ ।सोमबार भरतपुर महानगरपालिका २४ मा आयोजना भएको ५दलीय संयुक्त गठबन्धको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले त्यस्तो बताउनु भएको हो ।
उहाँले नेकपा एमाले तर्फका मेयरका प्रत्यासी विजय सुवेदीले बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेको विषयमा टिप्पणी गर्दै त्यस्तो बताउनु भएको हो । ३० वर्षेराजनीतिक जीवनका एक पटक पनि विपीको शालिक नदेखेका सुवेदीले शालिकमा माल्यार्पण गरेर मतदातालाई भ्रममा पार्न नौटंकी गरेको उहाँको भनाई थियोे ।पाँच दलीय गठबन्धन शान्ति, संविधान, सहमति र एकताकोपक्षधर हौं ।
उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, ।गिरीजाबुबाको थेगो हो यो । हामी हो विपीको अनुयायी हो,नेपाली काँग्रेसको भावनामाथि खेल्न नाटक गर्ने ?पछिल्लो समय भरतपुरमा विभिन्न नाटक गरेर नेकपा एमालेबाटभ्रममात्र छर्ने काम भइरहेको आरोप दाहालको थियो ।

प्रत्यासीले ठाउँठाउँमा लम्पसार परेर ढोगेको विषयमाउहाँले आश्चर्य प्रकट गर्दै भन्नुभयो, ।ठाउँ ठाँउमाबुढा–पाकालाई गएर ढोग्नु लाई नौटब्की प्रर्दशननभनेर के भन्ने’ । यो नौटब्की होइन भनेर उहाँआफैले भन्न सक्ने अवस्था छैन् । अझ राजावादीको हलोबोकेर चुनावम लड्ने अनि मेयर निर्वाचित भए भने पार्टीकोराजनीति छाड्छु भन्ने उहाँको भनाईले कस्तो सन्देश देलाउहाँले प्रश्न गर्नुभयो । यो केवल जनतालाई भ्रम छर्नेप्रपञ्च भन्दा केही होइन भन्ने आम मतदाताले बुझ्न जरुरी रहेको मेयर उम्मेद्वार दाहालको थियो ।
हामीलाई नक्कली कुरा गर्नु छैन, दाहालले भन्नुभयो,जनताको सेवक भएर काम गर्छौ, नक्कली व्यवहार देखाउदैनौ,जे बोल्छौ, त्यो गर्छौ । जनताको सेवक हुन पाउनु गर्वको कुरा हो ।प्रमुख पदका उम्मेद्वार दाहालले वितेको पाँच वर्षमामहानगरले गरेका मुख्य मुख्य उपलब्धीका विषयमा जानकारी दिँदै आगामी कार्यकालमा अझै अविस्मरणीय हुने गरि काम गरेर देखाउने प्रतिवद्धता गर्नुभयो।


