• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

भरतपुरमा पाँच दलिय गठबन्धनले सार्वजनिक गर्‍यो २२ बुँदे प्रतिवद्धतापत्र

  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित

बैशाख २० ,भरतपुर । भरतपुर महानगरपालिकाको सत्ता साझेदार लोकतान्त्रिक–बाम गठबन्धन दलहरुले संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धन, भरतपुर महानगरपालिका समितिको नामबाट मंगलबार भरतपुरमा एक विशेष कार्यक्रम गरि उक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको उक्त प्रतिवद्धतापत्रमा गठबन्धनको आवस्यकता र औचित्व, वितेको पाँच वर्षमा भरतपुर महानगरले गरेका कामको अभिलेखिकरण र आगामी कार्ययोजनाबारेमा प्रष्ट पारिएको छ । वितेको पाँच वर्षका उपलब्धी र आगामी कर्याकालको मूलबाटो बारेमा केन्द्रीय उक्त प्रतिवद्धता पत्रमा राजनीति र विकास लाई समेटिएको छ ।

रानीतिक र नीतिगत संकल्पसहितको उक्त प्रतिवद्धतापत्रमा राजनीतिक सहमति, सहकार्य, समन्वय र समझदारीको आधारलाई समेटेर अगाडिको लक्ष निर्धारण गर्ने, पक्ष–प्रतिपक्षको व्यवहार नहुने विकास र समृद्धिमा सबैसंग हातेमालो गरिने उल्लेख छ । प्रतिवद्धतापत्रमा लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि आवधिक निर्वाचनको महत्वको बारेमा उल्लेख छ । निर्वाचनलाई महोत्सवको रुपमा मनाउन आम महानगरवासीमा अनुरोध गरिएको छ ।

प्रतिवद्धतापत्रमा महानगरले वितेको पाँच वर्षमा सडक स्तर उन्नती गरेको विषय उल्लेख छन् । पाँच वर्षका अवधिमा ६२२ किलोमिटर कालोपत्रे, महानगरिय चक्रपथ, लिंक रोड, वाइपास रोडको स्तर उन्नती, नारायणगढ गोन्द्राङ व्यूटिफिकेशन सहित छ लेन सडक निर्माण, भरतपुर मेघौली, चौविसकोठी गीतानगर जगतपुर सडकको स्तर उन्नतीको बारेमा उल्लेख छ ।

त्यस्तै गरि नारायणी तटबन्धनको लागि बजेट व्यवस्था, सिटीहल, लायन्सचोकमा बहुउद्धेश्यीय व्यवसायिक भवन निर्माणको थालनी, देवघाटमा आधुनिक दाहसंस्कार स्थल निर्माण, स्मार्ट सडक बत्ती परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, प्रस्तावित भरतपुर विमानस्थल विस्तार, कोरिया सरकारको सहकार्यमा फोहर व्यवस्थापन, पर्यटकीय सम्भावना क्षेत्रको खोजी, नारायणी नदी किनारलाई समुन्द्री किनार जस्तै विकास गर्नेलगायतका विभिन्न परियोजनाको विषयलाई जोडेर केही काम सम्पन्न हुने अवस्थामा रहेका केही शुरु भएका र केही शुुरु हुने तयारीमा रहेको उल्लेख गरिएको छ ।

प्रतिवद्धतामा महिलासँग जोडिएका विषयहरुलाई जरै देखि उठान गरिएको छ र नारामै महिला संग जोडिएको हाम्रो वाचा : सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी भनेर उल्लेख गरिएको छ । महानगरले भूमिहीनहरुको पक्षमा गर्दै आएका काम र हाल सम्मको उपलब्धीका बारेमा उल्लेख गरिएको उक्त प्रतिवद्धतापत्रमा भूमिहीनसँग हाम्रो संकल्प : हरेकको आफ्नै घर हुनेछ, सबैको साझा शहर हुनेछ भन्ने नारानै बनाइएको छ ।

महानगरको विकासमा वितेको पाँच वर्ष के कस्ता कामहरु भए, के काम पुरा गर्न बाँकी छन् ? प्रतिवद्धतापत्रमा त्यसको फेरहिस्ते बर्णन मात्र गरिएका छैनन् । व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनमा तात्विक परिवर्तन हुन नसकेको यथार्थ चित्रण गर्दै जनमतको कदर र सुशासनको प्रत्याभूतिका लागि अठोट गरिएको छ । प्रतिवद्धतापत्रमा सहमति र सहकार्यको संस्कृति विकास आफुहरुको लक्ष्य रहेको उल्लेख छ ।

कृषि क्षेत्रमा वितेको पाँच वर्षमा के उपलब्धीहरु भए ? महानगरले कृषक संग जोडिएर गरेका काम समेत लाई समेटेर महानगरको समृद्धि संग कृषिलाई जोड्ने विषयमा कृषिमा व्यवसायिककरण, औद्योगिकीकरण, विविधिकरण र आधुनिकीकरणलाई प्रोत्साहनको लागि विशेष जोड दिने प्रतिवद्धतापत्रमा उल्लेख छ । कृषिको विशिष्टिकरणसंगै प्रतिवद्धता पत्रमा कृषकसँग हाम्रो प्रतिवद्धता : किसान पेन्सन, बिऊ देखि ढुवानीसम्म अनुदान, उद्यमीसँग हाम्रो वाचा : ‘मेड इन भरतपुर’ को ब्रान्डिङ र बजारीकरण, एक वडा, एक उत्पादन, एक उद्यम भन्ने संकल्प गरिएको छ ।

जेष्ठ नागरिकमा निहीत सीप, ज्ञान, कौसलता र अनुभव शेयर गर्ने विषय संगै ज्येष्ठ नागरिकसँग हाम्रो संकल्प : घरमै स्वास्थ्यसेवा, विशेष भत्ता र विशेष संरक्षण भन्ने नारा प्रतिवद्धतापत्रमा समेटिएको छ । महानगरको समृद्धि संग जोडिएको दक्ष जनशक्ति, पर्यटन कृषि र औद्योगिकीकरणलाई मध्यनजर गर्दै प्रतिवद्धतापत्रमा व्यवसायीसँग हाम्रो अठोट : देशमै सबैभन्दा राम्रो, व्यावसायिक वातावरण भन्ने नारा समेत समेटिएको छ । प्रतिवद्धतापत्रमा उपलब्ध स्रोतसाधनको अधिकतम अधिकतम परिचालन, प्राकृति संरक्षणमा जोड दिंदै प्राकृतिक स्रोत साधनको उपभोग, सार्वजनिक नीजि र सहकारी क्षेत्रको सहभागीतालाई प्राथमिकतामा राखिएको छ ।स्वास्थ्य क्षेत्रमा हरेक वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवादको नारा प्रतिवद्धता पत्रमा छ ।

विद्यार्थीसँग हाम्रो वाचा : निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षाको ग्यारेन्टी प्रतिवद्धतामा गरिएको छ । युवालाई रोजगारीमा जोडने सहरलाई वेरोजगारमुक्त बनाउने प्रतिवद्धता उक्त संकल्पमा गरिएको छ । र नारानै तय गरिएको छ युवाहरुसँग हाम्रो प्रतिवद्धता : रोजगारी र स्वउद्यमको प्रत्याभूति ।

देश विदेशका भागिनी सम्मबन्धको विकास, फोहर व्यवस्थापन, आयातित उर्जाको खपत क मगर्न विद्युतीय चुल्हो अनुदान, सञ्चार माध्यम र पत्रकारहरुको लागि विशेष कार्यक्रम प्रतिवद्धता पत्रमा उल्लेख गरिएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा –एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहित पाँच दलको गठबन्धन रहेको उक्त साझा प्रतिवद्धता पत्रको अन्त्यमा लेखिएको छ । ‘जनादेश कुल्चिनेलाई खबरदारी, लोकतन्त्रका रक्षकलाई जिम्मेवारी भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प एसियाकै नमुना महानगर हाम्रो साझा संकल्प ।’

सोही कार्यक्रममा सत्तागठबन्धनमा रहेका पाँच दलको तर्फबाट चितवनको समग्र घोषणापत्र पनि जारी गरिएको थियो । उक्त घोषणापत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकतामा राखिएको छ । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि रहेको उपसभापति शालिग्राम पौडेलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाको घोषणापत्र पौडेल आफैले बाचन गरेका थिए ।

 

मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.