बैशाख २३ , भरतपुर ।सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकाको प्रमुख उम्मेदवार रेनु दाहालले चितवनका प्रतिनिधसभा सदस्य कृष्णभक्त पोखरेललाई आफ्नो क्षेत्रमा २ करोडको मात्र योजना ल्याएको देखाउन चुनौती दिएकी छन्।चुनावी घरदैलो अभियानका क्रममा शुक्रबार बिहान भरतपुरको वडा नं ५ मा सम्बोधन गर्दै दाहालले पोखरेललाई आफ्नै वडामा विकासको योजना ल्याएको भए देखाउन आग्रह गरेकी हुन्।

‘१० वर्ष सांसद हुनुभयो कृष्णभक्त पोखरेल। भरतपुर महानगरपालिकाको मेयर कहाँ जानुभएको थियो भनेर उहाँले मलाई प्रश्न गर्नुभएको रहेछ’, दाहालले भनिन्, ‘म जवाफ दिन चाहन्छु– भरतपुरको मेयर कहाँ गयो भन्दा तपाईं पनि कहाँ जानुभएको थियो भनेर प्रश्न गर्न चाहन्छु।’भरतपुरको वडा नं ५ पोखरेल र एमालेबाट प्रमुखका प्रतिस्पर्धी विजय सुवेदीको क्षेत्र हो।रेनुले ठूला गफ र आश्वासन बाँडेर मात्र जनताको सेवा नहुने बताइन्।

‘कृष्णभक्त पोखरेलले १० वर्षमा २ करोडको योजना वडा नं ५ मा मात्र ल्याएको देखाइदिनुस्,’ उनले भनिन्, ‘१० वर्ष सांसद हुँदा २ करोडको योजना माननीय कृष्णभक्त पोखरेलका तर्फबाट पहल भयो? घरबाट बनाउने त होइन। राज्यकै सम्पतिको सदुपयोग गर्ने हो। उहाँले गरेको एउटै मात्र योजना पनि देखाइदिनका लागि आग्रह गर्न चाहन्छु।’

कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख अथितिको रुपमा रहनु भएको थियो भने बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ,नेपाली कांग्रेसका क्षेत्र नम्बर २ “क” का सभापति रोशन शाही लगायतले गठबन्धनका उमेदबारलाई जिताउन सबै लाग्नु पर्ने बताउनु भएको थियो ।

दोहारी गायक बिष्णु खत्रीले गीत गाउदा मेयरका उमेदवार रेणु दाहाल,उपमेयरका उमेदवार चित्रसेन अधिकारी लगायतले नाच्द उपस्थित जनता समेत नाचेका थिए । यस्तै कमेडी कलाकार सुबोद गौतमले पनि रेणु र चित्रसेनलाई जिताउन सबैसग अपिल गरेका थिए ।यस्तै कार्यक्रममा गायक चेतन सापकोटा ,हरि योजन लगायतले गीत गएका थिए ।



