बैशाख २४ , भरतपुर । चितवनका पेशाकर्मी बुद्धिजीविहरुले भरतपुर महानगरको बिकास संगै संविधानको संरक्षणमा चिन्ता व्यक्त गरेका छन् ।भरतपुर महानगरपलिकाका विभिन्न चोकचोकमा पुगेर शुक्रबार अनौपचारिक कार्यक्रम मार्फत पेशाकर्मी एवं बुद्धिजीविहरुले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले विकास र समृद्धिको पक्षमा मतदान गर्न, संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र लाई स्थायित्व दिन अनुरोध गरेका छन्
कोणसभाको रुपमा गरिएको उक्त कार्यक्रममा बोल्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा ईश्वरीप्रसाद ढकालले मौलिक अधिकार र संविधानलाई धरापमा पार्ने गरि मतदान नगर्न अनुरोध गरे । उनले पाँच दलीय गठबन्धनले देशलाई प्रतिगमत तर्फ जाने कार्यमा रोकेको हुँदा पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई जिताउनु अनुरोध गरे । नाम किटेर उनले भने लोकतन्त्र रक्षाको लागि हामीले गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा मतदान गरि महानगर प्रमुखमा रेनु दाहाल र रुख चिन्हमा मतदान गरि उपप्रमुख चित्रसेन अधिकारीलाई जिताउनुछ ।
सोही कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा भीमराज अधिकारीले पनि रेनु दाहाल र चित्रसेनलाई जिताउनु भनेको सच्चा लोकतन्त्र र गणतन्त्र पक्षधरलाई जिताउनुहो । महानगरको विकास र समृद्धि गर्नुहो । त्यसैले हामीलाई देश बचाउनु छ संविधानमा भएका व्यवस्थालाई अनुशरण गर्नुछ उनले भने ।
त्यस्तै गरि पब्लिक क्याम्पस प्राध्यापक संगठनका उपाध्यक्ष डा अनन्त ढुंगानाले जसले बच्चालाई जन्म दिन्छ त्यसले बच्चाको सबै भन्दा बढी माया गर्छ भनेजस्तै वर्तमान संविधान निर्माणमा जुनजुन शक्ति लागेर बनेको हो त्यही शक्तिलाई जिताउन आवश्यक रहेको बताए । ढुंगानाले पनि किटानी गरेर रेनु दाहाललाई महानगरको प्रमुखमा र चित्रसेन अधिकारीलाई उपप्रमुखमा जिताएको खण्डमा संविधानको मर्म र मान्यता अनुसार हुने बताए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जेष्ठ नागरिक संरक्षण, स्वरोजगार लगायतका विषय, बिकास र समृद्धिको लागि रेनु र चित्रसेनको नेतृत्व आवश्यक रहेको बताए । त्यस्तै अभिव्यक्ति दिए नारायणी नमूना माविका प्राचार्य पूर्णप्रसाद दवाडीले पनि । उनले अहिले महानगरमा भइरहेका कामलाई अगाडि बढाउन रेनु दाहालको नेतृत्व अनिवार्य रहेको बताए । उनले भने ‘हामी विकास चाहन्छौ, अग्रगमन चाहन्छौ भने रेनु दाहाल र चित्रसेन अधिकारीलाई जिताऔं ।’
उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै क्यान्सर अस्पताल भरतपुरमा पूर्व कार्यकारी निर्देशक डा बिजयचन्द्र आचार्यले भरतपुर महानगरको पूर्व जनप्रतिनिधिले रेखाङ्कन गरेको विकास निर्माणलाई अगाडि बढाउन सम्युक्त गठबन्धनका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको बताए ।
उनले आफुहरुले धेर विष्लेषण गरेको र भरतपुरलाई समृद्ध बनाउन र यहाँको भविस्य सुनिश्चित गर्न पाँच दलीय गठबन्धनको विकल्प नरहेको ठहर गरेको बताए । उनले अहिले गल्ती गरेर पछि पछुताउन नपर्ने गरि मत दिन अनुरोध गर्दै आफ्नो मत विकास र समृद्धिको लागि प्रयोग गर्न अनुरोध गरे । डा. आचार्यले पनि भरतपुरको विकासको लागि रेनु दाहाल र चित्रसेन अधिकारीलाई जिताउन आवस्यक रहेको बताए ।
अपाङ् संगठन नेपालका अध्यक्ष एवं सेवा निभृत्त शिक्षक टेकनाथ न्यौपानेले अपाङ् हितको खाँतिर गरिएका आन्दोलनमा सहभागी राजनीतिक पार्टीलाई जिताउन सबैको कर्तव्य हुने बताए । उनले प्रतिगमको आन्दोलनमा अग्रगमनको पक्षमा रहेको पाँच दलीय गठबन्धनलाई जिताउन सबै अपाङ्ता भएकाहरुमा अनुरोध गरे ।


