• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

राजनीतिक चलखेल र दण्डहीनताको शिकार बन्दै त्रिभुवन विश्वविद्यालय

  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित

काठमाडौं- देशकै अग्रणी कहलिएको त्रिभुवन विश्वविद्यालय पछिल्ला वर्षमा अस्थिरताको पर्याय बनिरहेको छ । कहिले विद्यार्थी त कहिले प्राध्यापकहरुको विरोध र आन्दोलनको मारमा विश्वविद्यालयको पठन पाठन, नीति निर्माण लगायत गतिविधि प्रभावित बन्ने गरेको छ ।

प्राज्ञिक थलोको रुपमा रहनुपर्ने विश्वविद्यालयमा देखिएका अस्थिरताले यसको गरीमा र शाखलाई क्रमशः क्षीण गराउँदै लगिरहेको छ । उच्च शिक्षा अध्ययनका लागि युवाहरुले विदेशलाई गन्तव्य बनाएर उतैका विश्वविद्यालयमा जाँदा त्यसैपनि नेपालका क्याम्पसहरुमा विद्यार्थी संख्या निरन्तर घट्दै गइरहेको छ ।

विद्यार्थी नहुँदा त्रिभुवन विश्वविद्यालयले दशकौंदेखि अध्ययन गराइरहेका कतिपय विषय र संकाय नै अहिले हटाइसकेको छ । यस्तो अवस्थामा उपयुक्त शैक्षिक वातावरण मिलाउनु विश्वविद्यालय सम्वद्ध सबैको जिम्मेवारी र प्राथमिकता हुनुपर्ने हो । तर त्रिभुवन विश्वविद्यालयको पछिल्लो अवस्थाले भने यसको गरीमा र शाखलाई क्रमशः क्षीण गराउँदै लगिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

विश्वविद्यालयमा दुईसातादेखि कांग्रेसनिकट विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर तालाबन्दी गरेको छ । त्यसको समाधान खोज्ने भन्दा पनि त्यसैमा बल पुग्नेगरी आंशिक प्राध्यापकहरुले विभिन्न माग राखेर थप आन्दोलन गर्दा विश्वविद्यालय र अन्तर्गतका सबै आङ्गिक क्याम्पस समेतमा पढाइ हुन सकेको छैन ।

रेक्टर कार्यालय बाहेक उपकुलपति, रजिस्ट्रारदेखि सेवा आयोगसम्म तालाबन्दीका कारण प्रमुख प्रशासनिक गतिविधि ठप्प छन् । परिस्थिति कस्तोसम्म बनिसक्यो भने विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डाक्टर खडग केसीसहित पदाधिकारीहरुले प्रधानमन्त्री निवास बालुवाटार नै पुगेर विश्वविद्यालयका कार्यालयमा सुरक्षाको माग गरेका छन् ।

उनीहरुले कार्यालय तोडफोडमा संलग्नलाई कारबाही नभएको प्रति पनि चिन्ता व्यक्त गरे ।
विश्वविद्यालयका विभिन्न क्याम्पसबाट निर्वाचित नेविसंघ स्ववियु पदाधिकारीहरूले स्नातक तहको भर्ना खुलाउन माग गर्दै गत जेठ १४ गते उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् ।

माघमै सकिएको भर्ना प्रक्रिया अहिलेसम्म नखुलाइएको भन्दै उनीहरूले तोडफोडसमेत गरे । यो घटना सेलाउन नपाँउदै, गत जेठ ३० गतेबाट आंशिक प्राध्यापक संघले पनि विश्वविद्यालय र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गर्‍यो ।

विश्वविद्यालयमा सञ्चालन हुने दैनिक कार्यक्रम र व्यवस्थापनमा देखिएको अस्थिरताले आमविद्यार्थीहरु भने अषन्तुष्ट देखिएका छन् । विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी स्वतन्त्र प्राज्ञिक निकायका रुपमा लिइनुपर्ने उनीहरुको भनाइ छ ।

शिक्षा क्षेत्र राजनीति भन्दा माथि हुनुपर्छ भन्ने आवाज बलियो रुपमा सुनिने गरेको छ । तर व्यवहारमा भने त्यस्तो नदेखिएको चौतर्फी गुनासो छ ।

यसबीचमा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न्न सरकारले मेरिटको आधारमा उपकुलपति नियुक्त गर्ने प्रणाली शुरु गरे पनि त्यसले निरन्तरता पाउन सकेको छैन् ।

सकारात्मक प्रयासलाई निरन्तरता नदिने र विभिन्न बहानामा पढाइ अवरुद्ध गर्ने परिपाटीले भने देशकै जेठो विश्वविद्यालय उठ्नै नसक्ने गरी थला पर्ने स्थितिमा पुगिसकेको छ ।

शैक्षिक क्यालेन्डर नै प्रभावित, विद्यार्थीको भविष्य अन्यौलमा

त्रिभुवन विश्वविद्यालयमा विभिन्न बहानामा भइरहेका आन्दोलनका कारण पठनपाठन र प्रशासनिक गतिविधि ठप्प हुँदा शैक्षिक क्यालेन्डर नै प्रभावित हुने देखिएको छ । समयमा भर्ना, परीक्षा र नतिजा प्रकाशन हुन नसक्ने स्थिति उत्पन्न भएको छ । यसले हजारौं विद्यार्थीहरुको भविष्य नै अन्यौलमा परेको छ ।

विद्यार्थी संगठन र आंशिक प्राध्यापक शैक्षिक अवरोध चुलिँदै जाँदा त्रिविका अधिकांश आङ्गिक क्याम्पसमा स्नातक तहका कक्षाहरू सञ्चालन हुन सकेका छैनन् । फाराम भर्ने प्रक्रियादेखि परीक्षा तयारी र नतिजा सार्वजनिक गर्नुपर्ने कार्यहरूमा अन्यौल बढिरहेको छ ।

सिनासका कार्यकारी निर्देशक प्राध्यापक डा. मृगेन्द्र बहादुर कार्की त्रिविमा अहिले देखिएको आन्दोलन शैक्षिक भन्दा पनि राजनीतिक प्रकृतिको भएको टिप्पणी गर्नुहुन्छ । आन्दोलनले मात्रै नभइ विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच संवादको माध्यमबाट समाधान पहिल्याउनुपर्ने उहाँको सुझाव छ ।

करिब ८० प्रतिशत उच्च शिक्षाको जिम्मा बोकेको त्रिविको शैक्षिक क्यालेन्डर निर्माण र त्यसको कार्यान्वयनमा समस्या देखिने गरेको गुनासो नयाँ हैन । यद्यपी स्नातकोत्तर, एमफिल/पीएचडी तहमा यस्तो समस्या नरहेको दावी त्रिवि पदाधिकारीहरुको छ ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका प्रशासन सहायक डिन डा. वामदेव अधिकारीका अनुसार पछिल्लो समय परीक्षा सकिएको एक सय दिनभित्रै नतिजा प्रकाशन गर्नेसम्मको अभ्यास थालिएको छ ।

उहाँले विगतका अनुभवलाई मध्यनजर गर्दै समयमै शैक्षिक कार्य सम्पन्न गर्ने नीति लिइएको भएपनि अहिलेको तालाबन्दीले शैक्षिक क्यालेन्डरमा असर पर्ने बताउनुहुन्छ ।

कानुनअनुसार सबै पक्षले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने भन्नुहुँदै परीक्षाको तालिका आएपछि पनि विद्यार्थीहरूले फाराम नभरिदिने र फाराम भर्ने समय सकिएपछि आन्दोलन गर्ने प्रवृत्ति गलत भएको सहायक डिन डा. अधिकारी बताउनुहुन्छ ।

विथोलिएको शैक्षिक वातावरणलाई नियमित बनाउनेतर्फ सरोकारवाला निकायको ध्यान नपुग्दा विश्वविद्यालयको शैक्षिक संरचनामै संकट देखिन थालेको छ । यस्तो परिस्थितिमा समाधानका लागि सबै पक्ष गम्भीर संवाद र सहकार्यका लागि अग्रसर हुनु अहिलेको आवश्यकता हो ।

बुधबार, असार ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.