• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

एसइई : तनहुँमा उत्तरपुस्तिका जाँच्न सुरु

  •   शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित

तनहुँ, चैत २० गते । तनहुँका २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार कार्य अघि बढाइएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी भरत बरालका अनुसार प्रत्येक उत्तरपुस्तिका तीन दिनभित्र परीक्षण सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाइएको छ । उत्तर पुस्तिका परीक्षणका लागि फरक–फरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षण कार्यलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको इकाइले जनाएको छ । यस कदमले नतिजा प्रकाशनमा हुने ढिलाइ घट्नुका साथै मूल्याङ्कन प्रक्रियामा विश्वसनीयता थप बढ्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।

यस वर्ष तनहुँ जिल्लाबाट कूल ६ हजार १५५ परीक्षार्थी एसइईमा सहभागी भएका छन् । जिल्लाका १७४ सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीका लागि २२ परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको हो । परीक्षार्थीमध्ये नियमिततर्फ ४ हजार ९४० र ग्रेडवृद्धितर्फ एक हजार २१५ जना रहेका छन् । व्यास नगरपालिकाभित्र निर्मल मावि, जलदेवी मावि, सत्यवती मावि, बालमन्दिर मावि, महर्षि वेदव्यास संस्कृत मावि र चण्डीदेवी राष्ट्रिय माविलगायतका विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यसैगरी देवघाट, बन्दीपुर, आँबुखैरेनी, खैरेनीटार, दुलेगौंडा, भिमाद, ऋषिङ र घिरिङ क्षेत्रका विद्यालयहरूमा केन्द्र कायम गरी जनशक्ति परिचालन गरिएको छ ।

प्रत्येक केन्द्रमा दुई जना विषय विशेषज्ञबाट उत्तरपुस्तिका जाँच भइरहेको र पारदर्शिताका लागि सम्परीक्षकको समेत व्यवस्था गरिएको सूचना अधिकारी बरालले बताउनुभयो । जाँच्ने र जाँचेको पुनः जाँच्ने दुवै प्रक्रियाका लागि शिक्षकलाई पूर्वप्रशिक्षण दिइएको छ ।

प्राविधिक धारतर्फका परीक्षार्थीका लागि व्यास–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ भने पुरानो पाठ्यक्रमअनुसार ग्रेडवृद्धि दिने परीक्षार्थीका लागि निर्मल माध्यमिक विद्यालयमा व्यवस्था मिलाइएको छ । देवघाटस्थित महेश संस्कृत गुरुकुल केन्द्रबाट विभिन्न गुरुकुलका विद्यार्थी तथा ‘माँ कल्याणी वैदिक कन्या गुरुकुल’ का परीक्षार्थीहरूले पनि परीक्षा दिइरहेका छन् । बरालले भन्नुभयो, ‘‘छिटो नतिजा प्रकाशन हुने व्यवस्थाले नयाँ शैक्षिक सत्र वैशाखमै सञ्चालन गर्न सहज हुने छ । ढिलो नतिजाका कारण बढ्दै गएको ब्रिज कोर्स र ट्युशन केन्द्रतर्फको निर्भरता समेत यस व्यवस्थाले स्वतः घट्ने देखिन्छ ।’’

इकाइले परीक्षालाई मर्यादित, भयरहित र व्यवस्थित बनाउन केन्द्राध्यक्षलाई आवश्यक निर्देशन दिइसकेको तथा सुरक्षा निकायसँग समन्वय गरी कडा निगरानी बढाइएको जनाएको छ । “विद्यार्थीले वर्षभरि गरेको मेहनत प्रदर्शन गर्ने उपयुक्त थलो परीक्षा हल नै हो, त्यसैले शान्त र अनुशासित वातावरण सुनिश्चित गरेका छौँ,” बरालले भन्नुभयो । यसअघि एसइई सम्पन्न भएपछि मात्र फरक जिल्लामा उत्तरपुस्तिका जाँच गरिने व्यवस्था थियो । यस पटक भने परीक्षा केन्द्रमै सोही दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । पहिलो दिनको परीक्षा सबै केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भई उत्तरपुस्तिका जाँचसमेत गरिएको इकाइले जनाएको छ ।

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.