• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –६ मा रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापिठ र गजेन्द्र मोक्ष दिब्यधाम बचाउन नारायणी नदी किनारमा तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ ।

विद्यालय र सार्वजनिक सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएकाले नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अन्तर्गत तटबन्ध निर्माणको काम भइरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनका प्रमुख डा. नारायणप्रसाद सुवेदीले बताउनुभयो ।

नारायणी बगिरहेको यो ठाउँ निकै साँघुरो भएकाले अत्यन्त असुरक्षित र जोखिमयुक्त ठाउँ भएकाले तटबन्ध र पर्खाल लगाएर विद्यालय र धामलाई जोगाउँदै पर्यटकीय सुन्दरता दिन खोजिएको सुवेदीले बताउनुभयो । संघीय सरकारको २ करोड १४ लाख रुपियाँ लागतमा चैतदेखि सुरु भएको यो काम यही आर्थिक वर्षभित्र सक्ने योजना रहेको कार्यालयले जनाएको छ ।

तटबन्ध नहुँदा नारायणीले कटान गर्ने सम्भावना उच्च रहेको तथा तीर्थयात्रीहरुका लागि पनि जोखिम भएकाले पनि तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । यसले धार्मिक पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीमा पर्ने यो क्षेत्रमा नारायणीकै नदीजन्य पदार्थ प्रयोग गरी तटबन्धको काम भइरहेको भए पनि सबै क्षेत्रसँग समन्वय गर्न निकै समस्या भएको आयोजनाले जनाएको छ । छोटो समयमा परिणाम निकाल्न गाह्रो र चुनौतीपूर्ण भए पनि सकारात्मक सोच र उर्जाका साथ काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो ।

यहाँ धामभित्र कक्षा १० सम्म पढाइ हुने विद्यापिठमा १४६ जना विद्यार्थी अध्ययनरत रहेका त्रिवेणीस्थित गजेन्द्र मोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो । जसले कक्षा १२ सम्म पठनपाठनका लागि स्वीकृति समेत लिइसकेको छ ।

धाम अवलोकनका लागि पछिल्लो समयमा देश विदेशबाट आउने पर्यटकको संख्या उल्लेख्य बढेको बताइएको छ । प्रपन्नाचार्यका अनुसार खुल्ला सीमा र नाका जोडिएका कारण भारतीय पर्यटकको चहलपहल हुने गरेको छ ।

विशेष मेला लागेको दिन बाहेक यहाँ दैनिक झण्डै पाँच हजार पर्यटक आउने उहाँको भनाइ छ । विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित शीशमहल आदिले यहाँको गरिमा र महत्व अझै बढाएको बताइएको छ । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल भएकाले पनि यो धामको विशिष्ट धार्मिक महत्व रहेको प्रपन्नाचार्यले बताउनुभयो ।

बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.