• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ९. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

आज ‘कुशअमबसीया’ पर्व मनाउँदै मैथिल

  •   शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित

महोत्तरी- सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । चन्द्रमासको भदौको औँसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ । पर्वका अवसरमा आज सनातन वैदिक परम्पराका अनुयायी मैथिल कुश सँगाल्न लागेका छन् ।

हिन्दू मैथिल परम्परामा भदौ औँसीका दिनलाई ‘कुशअमबसीया’ भनिन्छ । यस दिन वैदिक मन्त्रोच्चारण गर्दै धार्मिक विधि र कर्मकाण्डमा अति पवित्र मानिएको वनस्पति कुश सङ्ग्रह गरेर घरमा राख्ने चलन छ । यस दिन सङ्ग्रह गरिएको कुश वर्षभरि गरिने पितृकार्य र शुभकार्यमा प्रयोग गरिन्छ । कुशबिना सामान्यतः हिन्दू परम्पराका कुनै कार्य सम्पन्न नहुने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित दिनेशकुमार झा बताउनुहुन्छ ।

पर्वका दिन हिन्दू परम्परामा पुरोहितले आफ्ना यजमानका घरमा शास्त्रोक्त विधिले उखालिएको कुश मुठा पारेर घरको दलिनमा सिउरने चलन छ । तर मिथिलामा भने घरका मुख्य पुरुषले आफैँ ब्रह्ममुहूर्तमा कुश उखेलेर पवित्र ढङ्गले घरमा राख्ने चलन छ । कुश उखल्दा गरिने मन्त्रोच्चारण यस्तो छ–

‘विरिञ्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः ।
नुद सर्वाणी पापानी दर्भ स्वस्तिकरो भव ।।
पूर्व मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः ।
हूँफट्कारेण मन्त्रेण सकुच्छित्वा समुद्धरेत ।।’

यसरी उखेलिएको कुश कर्मकाण्डका विधिमा पवित्र मानिन्छ । हिन्दू वैदिक परम्परामा प्रत्येक शुभकार्य पितृकार्य, त्यसको सङ्कल्प कुशबिना कल्पना नै नगरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । मैथिल परम्परामा यस मठका मठाधीश सांस्कृतिक तथा धार्मिक प्रतिनिधि मानिने चलन छ ।

हिन्दू धर्ममा खास चाडपर्वका विधि, पितृकार्य र अन्य कुनै पनि शुभकार्यको कर्ताले कुशको औठी लगाउनैपर्ने कर्मकाण्डीय विधान छ । सबैजसो वैदिक कार्यका कर्ताले जलमा डुबाइएको कुशका टुक्रा, जाँै, तिल समातेर गरेको सङ्कल्पपछि मात्र मुख्य काम प्रारम्भ भएको मानिन्छ ।

मैथिल परम्परामा यस दिन सङ्ग्रह गरिएर घरमा राखिएको कुशको मुठा विघ्ननाशक र कल्याणदायक हुने विश्वास गरिन्छ । शास्त्रीय मतनुसार विधिपूर्वक यस दिन घरमा राखिएको कुशले घरसहितका भौतिक सम्पत्ति र परिवारको रक्षा गर्ने विश्वास छ । मिथिलामा यस दिन दिवङ्गत पितृका लागि तर्पण दिने परम्परा छ ।

शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

भर्खरै

  • १.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ५.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ६.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ७.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ८.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.