• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ४. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ५. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ६. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ९. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

अन्डमानमा विकसित चक्रवातको असर नेपालमा पर्न सक्ने

  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज ६ गते । अन्डमान सागरआसपास विकसित भएको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने तरखरमा छ । त्यसको असर नेपालसम्म आइपुग्ने भएकाले समग्र देशव्यापी रूपमा उच्च सतर्कता अपनाइएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मौसम विज्ञान विभागले उच्च चासोका साथ दिनरात यसको अनुगमन गरिरहेको मौसम विज्ञान विभागमा महानिर्देशक डा. अर्चना श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चक्रवात कहाँ कसरी ल्यान्डफल हुन्छ, भारततिर गएर नेपाल फर्कन्छ वा सिधै यतै आउँछ भन्ने विषयले नेपालमा त्यसको असर निर्धारण गर्ने भएकाले उच्च सतर्कताका साथ धेरै मौसमी मोडेलको अनुगमन गरिरहेका छौँ ।”

उहाँका अनुसार भारतका विभिन्न सहरमा यो वर्षको मनसुन अन्त्य भइसकेको छ । त्यसैले यो नेपालतिर कायम रहेको मनसुनी हावासँगै बङ्गालको खाडी हुँदै यता आउने सम्भावना प्रबल छ । विभागले विशेष मौसम बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका छ जिल्लाबाहेक सबै जिल्लामा उक्त प्रणालीको असर पर्ने देखिएको छ । देशका अधिकांश स्थानमा मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ । उत्तर अन्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र यतिबेला बङ्गालको खाडीको मध्य भूभागआसपास आइपुगेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा पश्चिमबाट उत्तरपश्चिम दिशातिर सर्ने देखिएको छ । बुधबार भारतको दक्षिण उडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ । प्रणाली बङ्गालको खाडी हुँदै आएको खण्डमा यसले हिन्द महासगार क्षेत्रमा बन्ने यसले वर्षकै ठुलो चक्रवातको स्वरूप ग्रहण गर्ने अनुमान विश्व मौसम सङ्गठनले व्यक्त गरेको छ । उक्त चक्रवातको नाम ‘अर्र्नव’ भनेर बङ्गलादेशले प्रस्तावसमेत गरेको छ ।

पूर्वतयारी सुरु 

देशभरका जिल्ला प्रशासन कार्यालयलाई अहिलेदेखि नै पूर्वतयारी गर्दै सतर्क रहन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । सोही अनुसार दुई पटक प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेको छ । त्यहाँ सम्भावित प्रभावित क्षेत्रका देशभरका स्थानीय तहसँगै पर्यटन विभाग, कृषि मन्त्रालयका पदाधिकारीलाई सम्भावित चक्रवातबारे अवगत गराउँदै आवश्यक सावधानीको पहल थाल्न भनिएको श्रेष्ठले बताउनुभयो । मङ्गलबार पनि कमान्ड पोस्टको बैठक बसेर थप छलफल गरेको छ । उच्च हिमाली भेगमा भारी हिमपात हुने भएकाले आरोहणका लागि पुगेका पर्यटकलाई जहाँ भए पनि सुरक्षित स्थानमा रहन भनिएको छ । ८ गतेदेखि उता सकेसम्म यात्रा नगर्न र मौसम बुझेर मात्र हिँड्न भनिएको छ ।

विभिन्न जिल्लामा पनि चक्रवातको सम्भावित असर न्यूनीकरण गर्न तयारी सुरु भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार विशेष गरी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय तहलाई भनिएको छ ।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ४.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ५.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

भर्खरै

  • १.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ५.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ६.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ७.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ८.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.