• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ

  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

लमजुङ । ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछ ।

प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

विगतमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको सिङ्दीमा विसं २०७६ देखि घरबास (होमस्टे) सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढ्न थालेको हो । होमस्टे औपचारिक रूपमा भने विसं २०८१ मा दर्ता भएको हो । गाउँका २३५ घरमध्ये अहिले १८ घरमा घरबास सञ्चालन भइरहेको छ ।

सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुरुङका अनुसार यहाँ आउने पर्यटक प्रायःएकरात बस्ने गर्छन् । समूह बनाएर सवारीसाधन रिजर्भ गरी आउने पर्यटकको रोजाईको केन्द्र बनेको छ । नियमित रूपमा पर्यटक नआए पनि महिनामा करिब १०० जनासम्म पुग्ने उनले बताए ।

“पहिला पर्यटक खासै आउँदैनथे । गुरुङ सम्पदा पदमार्गमा जोडिएपछि बिस्तारै पर्यटक आउन थालेका छन्”, उनले भने, “विशेष गरी कलेजका युवा तथा विभिन्न समूह बनाएर आउने क्रम बढेको छ ।”

गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिङ्दीमा घाँटु, सोरठी र कृष्णचरित्रजस्ता मौलिक सांस्कृतिक कार्यक्रम पर्यटकलाई देखाउने गरिएको छ । गुम्बा तथा देवीस्थान मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिकस्थल पनि यहाँका आकर्षण हुन् । होमस्टेमा स्थानीय उत्पादनबाट तयार पारिएका चामल, कोदो, सागसब्जी, लोकल कुखुरालगायत परिकारलाई प्राथमिकता दिइन्छ । एक रात बसाइको प्याकेजका लागि प्रतिव्यक्ति रु एक हजार १०० लिने गरिएको अध्यक्ष गुरुङले बताए ।

सिङ्दीको पर्यटकीय सम्भाव्यता होमस्टेमा मात्र सीमित छैन । उक्त गाउँ गुरुङ सम्पदा पदमार्गसँग जोडिएको छ । कास्कीको ताङतिङ हुँदै क्रपु डाँडा, लमजुङका विभिन्न गुरुङ बस्ती पार गर्दै मनाङको तिमाङसम्म पुग्ने पदमार्गमा सिङ्दी पनि समेटिएको छ ।

पुरानो पैदल तथा व्यापारिक मार्ग, भेडीगोठ र खर्कलाई पर्यटनसँग जोड्ने यस पदमार्गमा अन्नपूर्ण, माछापुच्छ्रे«, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली र मनास्लुलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

सिङ्दीबाट कास्कीको मादी गाउँपालिका–२ स्थित क्रपु डाँडातर्फ पदमार्ग जोड्ने काम भइरहेको छ । यस क्रममा करिब एक हजार ३०० मिटर सिँढी निर्माण भइसकेको छ । बाँकी बाटोलाई व्यवस्थित गर्ने काम अघि बढाइएको छ ।

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँपालिकाले सिङ्दीको पर्यटन प्रवर्द्धनका लागि सडक तथा पदमार्ग विकासलाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादनबाट अचारलगायत वस्तु तयार गर्ने तथा पर्यटनसँग सम्बन्धित सीपमूलक तालिम सञ्चालन गर्नुका साथै खेलकुद, सांस्कृतिक कार्यक्रम र प्रचारप्रसारलाई पनि जोड दिइएको उनले बताए ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुम्बा तथा प्रवेशद्वारलगायत संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ । पर्यटनसँगै गाउँको सामाजिक जीवनमा पनि परिवर्तन आएको स्थानीय बताउँछन् । छैसट्ठी वर्षीय योगप्रसाद गुरुङका अनुसार होमस्टे सञ्चालनपछि घरआँगनको सरसफाइ र घरको व्यवस्थापनमा स्थानीयको ध्यान बढेको छ । आम्दानीको स्रोत थपिनुका साथै गाउँको प्रचारप्रसार पनि बढेको उनले बताए ।

“पहिला खेतीपातीमै बढी निर्भर हुनुपथ्र्यो । गाउँ पनि धेरै चिनिएको थिएन । अहिले होमस्टे सञ्चालन भएपछि आम्दानीको स्रोत थपिएको छ, पर्यटक आउन थालेपछि गाउँको प्रचारप्रसार पनि भएको छ”, उनले भने ।

सडक तथा पदमार्गको पहुँच विस्तार, होमस्टे सञ्चालन, स्थानीय सीप विकास र सांस्कृतिक गतिविधिसँगै सिङ्दी गाउँ पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनिन थालेको छ । आधुनिक सुविधा विस्तार हुँदै गए पनि पुस्तौँदेखि जोगिँदै आएको संस्कार, संस्कृति, खानपान र ग्रामीण जीवनशैलीलाई संरक्षण गर्नसके सिङ्दीले आफ्नो मौलिकता कायम राख्दै पर्यटनबाट स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सक्ने देखिन्छ ।

मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • २.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ३.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ४.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ५.
    सामूहिक प्रयासमा फूलखेती

  • ६.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ७.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ८.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.