• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ९. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

सकियो अर्णव चक्रवातको असर

  •   आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित

काठमाडौँ, कात्तिक १५ गते । नेपालमा तीन दिनअघिदेखि सुरु भएको अर्णव चक्रवातको असर शनिबार अपराह्नदेखि अन्त्य भएको छ । भारी हिमपात र वर्षा गराएको चक्रवातको असर बाहिरिएसँगै मौसम खुलेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवातपछि बनेको न्यूनचापीय मौसमी प्रणाली नेपालको पश्चिमबाट सर्दै पूर्वी नेपालबाट बाहिरिएको हो ।

उक्त प्रणालीको असरले उच्च हिमाली भेगमा भारी हिमपात र पहाडका विभिन्न भूभागमा भारी वर्षा गराएको छ । वर्षा र हिमपातका कारण हिमाल, पहाड र तराई भेगको जनजीवन शुक्रबार र शनिबार दिउँसोसम्म उच्च रूपमा प्रभावित बन्यो ।

हिमाली भेगमा भएको हिमपातका कारण घर तथा बस्ती वरिपरि ठुलो मात्रामा हिउँ जम्मा हुँदा आवतजावतमा समस्या परेको थियो । साँझसम्म पनि स्थानीयहरू घर तथा बाटो आसपासका हिउँ हटाउन व्यस्त थिए । हिमपातका कारण यात्रासमेत अवरुद्ध बनेको थियो । विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भए पनि साँझसम्ममा सडक सञ्चालनमा ल्याइएको छ । वर्षाले प्रभावित जनजीवन विस्तारै सहज बन्दै गएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । अबका दिन मौसम सफा रहने उहाँले बताउनुभयो । आकाश खुलेसँगै मानिसहरू दैनिकीमा फर्कन थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले जानकारी दिनुभयो ।

बढी वर्षा मनाङमा

मौसम पूर्वानुमान महाशाखाका अनुसार बितेको  २४ घण्टामा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशमा रेकर्ड भएको छ । मनाङको ताल क्षेत्रमा १२४.२ मिलमिटर वर्षा भएको मौसमविद् निस्था निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न प्रदेशका धेरै जिल्लामा ५० मिलिमिटरभन्दा बढीको भारी वर्षा भएको पाइएको छ ।” बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार शनिबार दिउँसोसम्म परेको वर्षाका कारण उपत्यकालगायतका स्थानीय खोलामा बहाब बढेको थियो । दिउँसोदेखि आकाश खुल्न थालेपछि बिस्तारै बहाब कम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाली भेगमा यस पटक हिमपात राम्रै भएको छ, सबैभन्दा बढी तिलिचो क्षेत्रमा भएको छ ।” तल्लो हिमाली भेगमा वर्षा राम्रो भएको जानकरी उहाँले दिनुभयो । ती क्षेत्रमा २९ देखि ४७ मिलमिटरसम्म वर्षा रेकर्ड भएको छ । सगरमाथा आधार शिविरसहित देशका प्रमुख हिमाली भेगमा तीन फिटसम्म हिमपात भएको छ । सबैभन्दा बढी तिलिचो क्षेत्रमा १.३५ मिटर हिउँ परेको छ ।

किसान चिन्तित

शुक्रबारदेखिको निरन्तरको वर्षाले धानका पाँजा भिजेपछि किसान चिन्तित बनेका छन् । पहाडी तथा तराईका केही भेगमा किसानले धान काटेर खेतबाट उठाउन नपाई वर्षा भएकाले पाँजा भिजेका छन् । मौसमविद् रामेश्वर रिमालका अनुसार पूर्र्वसूचनाको ख्याल नगर्दा धान डुबान र भिजेर समस्या खेप्नु परेको औँल्याउनुभयो । तथापि आइतबारदेखि आकाश खुल्ने भएकाले भिजेका धानमा उल्लेख्य क्षति नहुने उहाँको भनाइ छ । तराईमा अधिकांश ठाउँमा भने छठ पर्वपछि मात्र धान काटिने भएकाले समस्या छैन । डुबानमा परेका खेतका पानी पनि शनिबार साँझदेखि निकास भएकाले खतरा छैन ।

आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल
न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

भर्खरै

  • १.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • २.
    सकियो अर्णव चक्रवातको असर

  • ३.
    एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • ४.
    आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ७.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ८.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.