• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

अनुगमन प्रतिवेदन बुझाउँदैनन् सहसचिव

  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित

सङ्घीय शिक्षा निकायका प्रमुख (सहसचिव) हरू अनुगमनबाट फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउँदैनन् ।

मन्त्रालयले शिक्षाका सहसचिवहरूलाई बर्सेनि प्रदेश, जिल्ला तथा पालिकास्तरमा अनुगमनका लागि खटाउने गरेको छ । खटाइएका सहसचिव सम्बन्धित स्थानमा पुग्छन् र फर्किएर आइसकेपछि अनुगमन प्रतिवेदन मन्त्रालयमा पेस गर्दैनन् । अनुगमनमा सहसचिव मात्र हुँदैनन् । तिनका साथ उपसचिव, अधिकृत र सहायक कर्मचारी रहन सक्ने निर्णय सदर भएको हुनाले आफूसाथ कनिष्ठ कर्मचारी पनि लिएर जाने गरेका छन् । लेखापरीक्षणका बखत झन्झट बेहोर्नुपर्ने भएकाले खर्च भुक्तानीको प्रयोजनका लागि प्रतिवेदनका नाममा दुईपाने सामान्य प्रतिवेदन लेखेर आफ्नो निकायको लेखा शाखामा पेस गर्ने गरेका छन् ।

खटाइएका सहसचिव कुन ठाउँमा पुगे वा पुगेनन् ? के अनुगमन गरे वा गरेनन् ? कति पटक अनुगमन गरे ? कति खर्च गरे ? उपलब्धि के हासिल भयो ? भन्ने जस्ता जानकारीबाट शिक्षा मन्त्रालय बेखबर हुँदै आएको छ ।

हरेक वर्ष सहसचिवलाई अनुगमनका लागि पठाउनेबारेमा तयार गरिएको टिप्पणीको पुछारमा शिक्षामन्त्रीले सदर गर्दा ‘प्रस्तुत रायका सन्दर्भमा अनुगमन साधनबाट प्राप्त तथ्यको विश्लेषण गरेर निष्कर्षसमेत प्रकाशित गर्ने गरी सदर’ भनेर हस्ताक्षर गर्ने गरेका हुन्छन् तर हालसम्म अनुगमनका न प्रतिवेदन ठाउँमा पेस गरिन्छ न त विश्लेषण निकालिन्छ । शिक्षा मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका सहसचिव इमनारायण श्रेष्ठले भन्नुभयो, “अनुगमन प्रतिवेदन मकहाँ आएको छैन । देखेको छैन ।”

शिक्षामन्त्री अशोककुमार राईले १३ जना सहसचिवलाई अनुगमनका लागि जाने फाइल गत असोज १६ गते सदर गर्नुभएको थियो । यस वर्ष हरेक सहसचिवलाई चार, चार वटा प्रदेशमा अनुगमनका लागि समय नै तोकिएको छ । बितेको तीन महिनामा कति जना सहसचिव अनुगमनका लागि गए भन्नेबारे मन्त्रालय बेखबर हुनुका साथै अनुगमनमा नगएका सहसचिवलाई नजानुको कारणबारे सामान्य सोधखोज पनि गरिएको छैन ।

प्रायः अनुगमनका लागि स्वीकृत टिप्पणीमा विषय तोकिएकै हुन्छ । आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनका माइलस्टोन, मुख्य कार्यसम्पादक सूचक, आवधिक योजना, विद्यालय शिक्षा क्षेत्र योजना, परियोजनासँग सम्बन्धित नतिजा कार्यान्वयनमा अनुगमन केन्द्रित हुन भनिएको हुन्छ ।

अनुगमनका क्रममा कम्तीमा तीन वटा विद्यालयमा पुग्नुपर्ने हुन्छ । साथै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, गाउँ वा नगर शिक्षा समितिका पदाधिकारी, प्रधानाध्यापक, क्याम्पस प्रमुख, अभिभावक, शिक्षक आदिसँग भेट गरी छलफल गर्नुपर्ने कार्यादेशमा स्पष्ट लेखिएको हुन्छ ।

अनुगमनपछि मन्त्रालयमा प्रस्तुतीकरणसमेत गर्नुपर्ने भनेर शिक्षामन्त्रीद्वारा सदर टिप्पणीमा स्पष्ट लेखिएको हुन्छ तर हालसम्म पनि यस्तो प्रस्तुतीकरण नभएको मन्त्रालयका पदाधिकारीहरू बताउँछन् ।

शिक्षा मन्त्रालयले अनुगमन साधन (टुल) तयार गरिदिएको छ । २४ पृष्ठ लामो अनुगमन साधनमा अनुगमन गरिने विद्यालयको नाम, ठेगाना, सञ्चालित तह र कक्षा, विद्यालयको प्रकार, कार्यरत शिक्षकको विवरण, विद्यार्थी विवरण, विद्यालयको भौतिक पूर्वाधारको अवस्था, पाठ्यपुस्तकको अवस्था, विद्यालय व्यवस्थापन र प्रशासन, परीक्षा र मूल्याङ्कन, सिकाइ उपलब्धि आदिबारेमा लेख्नुपर्ने व्यवस्था छ । अनुगमनका क्रममा छलफलमा सहभागी गराइएकाको सुझाव पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

अनुगमनका लागि मन्त्रालयले खटाए पनि सम्बन्धित सहसचिव आआफ्नो निकायको खर्चमा अनुगमनका लागि जानुपर्ने हुन्छ । चालु आर्थिक वर्ष २०८०/८१ मा शिक्षा मन्त्रालयले पदाधिकारी अनुगमन भत्ताका लागि २९ लाख ६४ हजार रुपियाँ विनियोजन गरेको छ ।

वार्षिक प्रगति प्रतिवेदन, अनुगमन प्रतिवेदन प्रकाशनका लागि चार लाख रुपियाँ विनियोजन गरिएको छ । अनुगमन प्रतिवेदनमा हालसम्म प्रकाशन भएको इतिहास छैन । मन्त्रालयले बर्सेनि वार्षिक प्रगति प्रतिवेदन छाप्दै आएको छ । त्यसमा अनुगमनको कुरा कहीँकतै उल्लेख गरिएको पाइँदैन । योजना तथा अनुगमन महाशाखाले वर्षभरि गरेका कार्य विवरणमा पनि अनुगमनबारे मौन रहने गरिएको पाइन्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले अनुगमनपछि शिक्षा सचिवलाई प्रतिवेदन बुझाउने गरेको दाबी गर्दै भन्नुभयो, “कुनै प्रतिवेदन सचिवकहाँबाट विद्यालय प्रशासन वा सम्बन्धित महाशाखामा जान पनि सक्छ । त्यो हुँदा अनुगमन महाशाखमा नपुगेको पनि हुन सक्छ ।”

अनुगमनपछि सहसचिवले सम्बन्धित अनुगमन स्थलमा देखिएका समस्याबारे नियमित खैखबर नगर्ने, आफूले दिएका निर्देशनको पालना भए नभएको वास्ता नगर्ने आदि प्रवृत्ति पनि छ । यसले गर्दा अनुगमनको वास्तविक उपलब्धि पनि खासै देखिएको पाइँदैन ।

शिक्षा मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले चालु आर्थिक वर्षको अवधिमा गरिएका अनुगमनको प्रतिवेदन मन्त्रालयमा पेस गर्नुपर्ने निर्देशन सबै निकाय प्रमुखकहाँ पुगिसकेको बताउँदै भन्नुभयो, “विगतमा के भयो थाहा भएन तर यस पटकबाट नबुझाएमा ताकेता गरिने छ । उपयुक्त भएमा प्रकाशन पनि गरिने छ । वेबसाइटमा पनि राखिने छ ।”

 

आइतबार, पुष २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.