कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले बृहत अन्र्तराष्ट्रिय कृषि प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” (6th Nepal Agritech International Expo) आयोजना हुने भएकोछ ।
Media Space Solutions Pvt. Ltd., Future Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा २०८० माघ १२, १३ र १४ गते काठमाडौँको भृकुटीमण्डपमा “छैठौें नेपाल एग्रीटेक” (6th Nepal Agritech International Expo) आयोजना गर्न लागेको हो । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरुका सयभन्दा बढी स्टलहरु रहने छन् । कार्यक्रमको माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रि बेदुराम भुसालले बिहान ११ बजे उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको आयोजक समितीले जनाएको छ ।
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादी राखिने छ । प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी बिज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देश भरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको आयोजकले जनाएकोछ ।
निस्शुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउन साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने जनाएके छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ ।
प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि र सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने साथै तीनको प्रयोगले कृषि उत्पादनमा बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्नेछ ।


