• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित विषयगत प्रतिवेदन सार्वजनिक

  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित

काठमाडौं ,चैत्र ४
राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ । प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको, वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको, नेपालको पहिलो पटक १९६८ सालमा लिएको जनगणनासँग तुलना गर्दा अहिले करिब पाँच गुणाले जनसङ्ख्या वृद्धि भएको र जनसङ्ख्या वृद्धिदर यही कायम रहे नेपालको जनसङ्ख्या दोब्बरले वृद्धि हुन ७५ वर्ष लाग्ने तथ्याङ्क कार्यालयले जनाएको छ ।

पहाडी र हिमाली क्षेत्रका ३४ जिल्लाका वार्षिक जनसङ्ख्या ऋणात्मक र तराईका सबै जिल्लाका जनसङ्ख्या धनात्मक रहेको, सबैभन्दा बढी ऋणात्मक वृद्धिदर रामेछापमा माइनस एक दशमलव ६७ प्रतिशत र सबैभन्दा बढी काठमाडौँमा सात प्रतिशत वृद्धिदर रहेको तथा करिब दुई तिहाइ अर्थात् ६६ प्रतिशत जनसङ्ख्या नगरपालिका क्षेत्रमा रहेको आज सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, विसं २०६८ को तुलनामा समग्र साक्षरता दर नौ दशमलव छ प्रतिशतले वृद्धि भई ७६ दशमलव दुई प्रतिशत पुगेको, महिलाभन्दा पुरुष साक्षरता दर करिब १४ प्रतिशत बढी रहेको, पहाडमा सबैभन्दा बढी ८० दशमलव नौ र हिमाल तथा तराईमा लगभग बराबर अर्थात् ७३ प्रतिशत साक्षरता दर रहेको छ ।

त्यस्तै अन्य लिङ्गीको जनसङ्ख्या दुई हजार नौ सय २८ रहेको प्रतिवेदनमा उल्लेख छ । घर तथा परिवारको अवस्थासम्बन्धी प्रतिवेदनमा ६६ लाख ६० हजार आठ सय ४९ परिवारमध्ये ८६ प्रतिशत आफ्नै स्वामित्वमा भएको आवासीय एकाइमा, १२ दशमलव आठ प्रतिशत भाडाको घर र बाँकी सरकारी वा संस्थागत कार्यालयसहितका आवासीय एकाइमा बसोबास गर्ने उल्लेख छ ।

विसं २०७८ को जनगणनाअनुसार परिवारको आकार औसतमा चार दशमलव चारजना रहेको, सुदूरपश्चिम र मधेस प्रदेशमा चार दशमलव सात, नगरपालिकामा चार दशमलव तीन र गाउँपालिकामा चार दशमलव पाँचजना सदस्य परिवारमा रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ का क्रममा मुलुकको आमसञ्चार माध्यमले अपेक्षा गरेअनुसार समाचार सामग्री सम्प्रेषण गरेको सो अवसरमा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रमुख तथ्याङ्क अधिकारी रायाले मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहने राष्ट्रिय जनगणना अभियानलाई सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा खटिने व्यक्ति सङ्घसंस्था, वर्ग, समुदाय सबैलाई धन्यवाद दिँदै निरन्तर चलिरहने विषयगत क्षेत्रका गणनामा पनि सरोकारवाला पक्षबाट यस अघिजस्तै साथ सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो ।

आइतबार, चैत ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.