• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

यस्ता छन् अष्ट्रेलियामा विद्यार्थी भिसामा गरिएका ६ परिवर्तन

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित

आप्रवासन नीतिमा गरिएको परिवर्तन लागू भएसँगै अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ।

नयाँ परिवर्तनसँगै यसअघि आर्थिक पक्षलाई प्राथमिकता दिंदै आएकोमा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथमिकता दिने भएको हो।

यसअघि अभ्यासमा रहेको ‘जेनुइन टेम्पोररी एन्ट्रेन्ट’ (जीटीई) नीतिलाई अब ‘जेनुइन स्टुडेन्ट’ (जीएस) ले विस्थापन गरेको छ। योसँगै अब विद्यार्थीले कडा परिश्रमसँगै थप आर्थिक जोहो पनि गर्नुपर्ने हुन्छ।

आप्रवासन नीतिमा गरिएको परिवर्तन लागू भएसँगै अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ। नयाँ परिवर्तनसँगै यसअघि आर्थिक पक्षलाई प्राथमिकता दिंदै आएकोमा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथमिकता दिने भएको हो।

यसअघि अभ्यासमा रहेको ‘जेनुइन टेम्पोररी एन्ट्रेन्ट’ (जीटीई) नीतिलाई अब ‘जेनुइन स्टुडेन्ट’ (जीएस) ले विस्थापन गरेको छ। योसँगै अब विद्यार्थीले कडा परिश्रमसँगै थप आर्थिक जोहो पनि गर्नुपर्ने हुन्छ।

 १. जीएसटी होइन, जीएस

पहिले विद्यार्थीहरूले अष्ट्रेलिया आउन खोज्नुको कारणबारे स्टेटमेन्ट अफ पर्पोज (एसओपी) पेश गर्नुपर्थ्यो। एसओपीको ढाँचालाई अहिले परिवर्तन गरिएको छ। विद्यार्थीहरूले चारवटा विषयमा आधारित प्रश्नको जवाफ दिनुपर्नेछ। एक प्रश्नको जवाफ उनीहरूले १५० शब्दमा दिइसक्नुपर्नेछ। एसओपी अब ६०० शब्दको हुनुपर्नेछ।

एसओपीमा विद्यार्थीहरूले पहिले आफ्नो परिवार, समुदाय, रोजगार र आर्थिक अवस्थाबारे जानकारी दिनुपर्नेछ। दोस्रोमा, अध्ययनका लागि अष्ट्रेलिया र सम्बन्धित शैक्षिक संस्था रोज्नुको कारणबारे उल्लेख गर्नुपर्नेछ। यस्तै, उनीहरूले अष्ट्रेलियामा पढ्न र बस्ने बारेका नीति–नियम के–कसरी बुझेका छन् भन्ने कुरा खुलाउनुपर्नेछ।

तेस्रोमा, पढाइ सकिएपछि विद्यार्थी कसरी लाभान्वित हुनेछ भन्ने विषयमा उल्लेख गर्नुपर्नेछ। चौथोमा, आफ्ना कथनलाई बलियो बनाउने सान्दर्भिक सूचनाहरू विद्यार्थीहरूले पेश गर्न सक्नेछन्। यो परीक्षणले अष्ट्रेलियामा अध्ययन गर्ने उनीहरूको मनसायको मूल्याङ्कन गर्नेछ।

 २. भाषा परीक्षा

विद्यार्थी भिसा आवेदनका लागि अंग्रेजी भाषाको न्यूनतम अंक बढाइएको छ। यसअघि भाषा परीक्षा हरेक विधामा न्यूनतम ५.५ राखिएको त्यसलाई परिमार्जन गर्दै ६ राखिएको छ भने कुल आईएलटीएस स्कोर ६.० बाट बढाएर ६.५ पुर्‍याइएको छ। साथै अंग्रेजी भाषा परीक्षाको म्याद पनि एक वर्ष घटाइएको छ।

 ३. बढ्यो आर्थिक भार

अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले देखाउनुपर्ने रकम २१ हजार ४१ डलरबाट बढाएर २४ हजार ५०५ बनाइएको छ। यस्तै भिसा आवेदन शुल्क पनि बढाइएको छ। विद्यार्थी भिसा शुल्क ६५० डलरबाट बढाएर ७१५ डलर बनाइएको छ। साथै, उच्च जोखिममा रहेका आवेदनहरूलाई थप सूक्ष्म रूपमा छानबिनको विषय हुनेछन्।

४. शैक्षिक संस्थाको लेभल अनुसार प्राथमिकता

गृह मन्त्रालययले भिसा आवेदनको निर्णय लिंदा शैक्षिक संस्थाको तहलाई प्राथमिकता दिन परिपत्र गरेको छ। जसअनुसार अब लेभल १ मा रहेका शैक्षिक संस्थाहरूमा आएका आवेदन प्राथमिकतामा पर्नेछन्। लेभल १ मा अष्ट्रेलियाका ८ वटा विश्वविद्यालय रहेका छन्।

यसका साथै बारम्बार नियम उल्लङ्घन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने शैक्षिक संस्थालाई निलम्बन गर्ने अधिकार सरकारले पाउनेछ।

 ५. घट्यो अध्ययनपछिको भिसा अवधि

सरकारले उच्च शिक्षा अध्ययनपछिको भिसाको अवधि पनि घटाएको छ। स्नातकोत्तर अध्ययन गरेका विद्यार्थीहरूलाई पढाइसकेपछि ३ वर्षको भिसा दिंदै आएकोमा यसलाई दुई वर्षमा झारिएको छ। दुर्गम क्षेत्रमा जाँदा पाइने सुविधा भने हटाइएको छैन।

 ६. समानान्तर अध्ययन निषेध

अष्ट्रेलियन सरकारले समानान्तर अध्ययन निषेध गरेको छ। अब विद्यार्थीहरूले एकैपटक फरक-फरक संस्थामा अध्ययन गर्न पाउँदैनन्। विद्यार्थीहरूले मूलः अध्ययन त्यागेर अष्ट्रेलियामा रहनकै लागि सीपमूलक विषय पढ्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न सरकारले समानान्तर अध्ययन निषेध गरेको हो। यस्तै एउटा विषयमा पढ्न आएर बीचमै विषय परिवर्तन गर्न पनि सरकारले निरुत्साहित गर्ने भएको छ।

शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.