• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति घोषणा

  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

चितवन, बैशाख ११
नेपाल शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति घोषणा भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले विरोध जनाएको छ ।

संगठनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अवैधानिक तरिकाले महासंघ चितवनको अधिवेशन गरिएको भन्दै आपत्ती प्रकट गरेको हो । शिक्षक महासंघ चितवनको यही बैशाख ८ गते अधिवेशन भइ अधिवेशनले उपस्थित शिक्षकहरुको सहमतिबाट नयाँ समिति चयन गरेको छ ।
उक्त अधिवेशनका लागि प्रक्रिया नपुगेको भनि नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले असहमति जनाउँदै अधिवेशन नै बहिस्कार गरेको थियो । शिक्षकहरुको सबैभन्दा पूरानो र दोश्रो ठूलो शैक्षिक घटकको असहमतिका बाबजुत पनि एकलौटी रुपमा तत्कालीन नेतृत्वले अधिवेशन गरी समिति चयन गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष तेजेन्द्रप्रसाद भुषाल र सचिव तिलक कुँवरद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै संगठनले अधिवेशनप्रति आपत्ति प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघको विधान एवम् मिति २०८० माघ २९ गतेको परिपत्र बमोजिम क्रमशः स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन गर्नुपर्ने प्रावधानलाई लत्याउँदै आफ्ना महत्त्वकांक्षा पूरा गर्ने हेतुले मिति २०८१ वैशाख ८ गते नेपाल शिक्षक महासंघमा आवद्ध पमुख पेसागत घटक संस्था, नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवनको लिखित असहमति र संलग्नताबिना कथित नेपाल शिक्षक महासंघ घोषणा सभाको नाम दिएर अवैधानिक तरिकाले जिल्ला समिति घोषणा गरिएको जानकारी सामाजिक सञ्जालहरुमार्फत प्राप्त भएको छ । आम चितवनबासी न्यायप्रेमी, शिक्षक, विद्यालय कर्मचारीहरुको पेसागत हकहित, अधिकार र सुरक्षाको उद्देश्यलाई लत्याई निहित पदीय स्वार्थ र संकिणताबाट प्रेरित यस्तो कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विभिन्न कारणहरु प्रस्तुत गर्दै शिक्षक संगठनले महासंघको जिल्ला अधिवेशन अवैध रहेको ठहर गरेको छ । संगठनले प्रस्तुत गरेका कारणहरुमा वर्तमान अवस्थामा पालिकागत रुपमा सदस्यहरुको नामावली विवरण संकलन र प्रमाणीकरण नगरिएको उल्लेख छ । त्यस्तै जिल्ला अधिवेशनको लागि पालिकागत रुपमा जिल्ला अधिवेशन प्रतिनिधिको छनौट एवम् समावेश नगरिएको उल्लेख छ ।

त्यस्तै निर्वाचन समिति गठन नगरिएको कुरा उल्लेख गरिएको छ । त्यसैगरी अघिलो कार्यसमितिको सांगठनिक र अर्थिक प्रतिवेदनहरुको प्रस्तुति, छलफल र अनुमोदन नगरिएकाले अधिवेशन अवैध भएको भन्दै शिक्षक संगठनले विरोध जनाएको हो । यी कारणहरु देखाउँदै शिक्षक संगठनले उक्त अधिवेशनलाई कथित अधिवेशन र नयाँ समितिलाई अवैधानिक भनेको छ ।

‘आगामी दिनमा वार्ता र संवाद मार्फत प्रारम्भिक चरणबाट विधिवत प्रक्रिया सुरु गर्न संगठनले माग गरेको छ । साथै स्वेच्छाचारी ढंगमा स्वघोषणा गरिएको जिल्ला समितिलाई वैधानिकता नदिनको लागि सम्बन्धिन सरोकारवालाहरुको ध्यानाकर्षण संगठनले गराएको छ । सबै शिक्षक र विद्यालय कर्मचारीहरुको साझा छाता संस्थाको रुपमा महासंघलाई विकास गरी सबैको अपनत्व हुने मर्मलाई ध्यानमा राखी अघि बढ्न संगठनले माग गरेको छ ।

सहज तवरबाट समस्याको समाधान नभए आफूहरु न्यायिक प्रक्रियाका लागि अदालतको ढोक ढकढकाउन पुग्ने संगठनले पत्रकार सम्मेलनमा जनाएको छ ।

मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.