बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–४ लाकु घर भएका ५७ वर्षीय श्याम शेर राई छन् । उनले ६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । आइतबार ज्यान मार्ने धम्की दिएर आरोपीले बलात्कार गरेको पीडितको आरोप छ ।
घटनाबारे ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया


