रौतहटको देवाहि गोनाही– १ करुनियास्थित आगलागीबाट ७ वटा घर जलेर नष्ट भएको छ ।
मंगलबार अपराह्न भएको आगलागीबाट ७ घर जलेर लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
विद्युतको तार सर्ट भएर आगलागी हुँदा स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट अन्न, लत्ताकपडा, भाडा, नगदसहित घरहरू जलेर पूर्ण रूपमा नष्ट हुँदा कुल १६ लाख ९० हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया


