दुर्गम गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भएको छ ।
तानसेनको तिनाउ गाउँपालिका–४ स्थित गिजनचउर र छाँप गाउँमा पहिलो पटक बिजुली बलेको हो । यहाँका १३३ घर परिवारले पहिलो पटक कन्द्रीय प्रशारण लाइनको बिजुली बत्ती बाल्न पाएकोमा खुसी भएका छन् । त्यस क्षेत्रमाा विद्युतीकरणका लागि पाँच करोड बढी खर्च भएको छ । यसअघि लघु जलविद्युत्मार्फत दैनिक चार/पाँच घण्टा मात्रै बिजुली बत्ती बाल्नुहुँदै आएका यहाँका बासिन्दाले अबदेखि २४सै घण्टा बत्ती बाल्न पाउने भएका छन् ।
लघु जलविद्युत् बारम्बार बिग्रिरहने समस्याले हैरान भएका स्थानीय बासिन्दाका लागि केन्द्रीय प्रसारण लााइनको विद्युतीकरणले गाउँ उज्यालो बनाएको तिनाउ–४ का वडाअध्यक्ष तुलबहादुर आलेले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले यो वर्ष जिल्लालाई नै विद्युतीकरण गरेर सक्ने जनाएको छ । जिल्लाको माथागढी, निस्दी र तिनाउ गाउँपालिकामा विद्युतीकरण गर्न बाँकी रहेका गाउँमा विद्युतीकरण गरेर सक्ने योजना रहेको केन्द्रका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो ।
त्यसका लागि आवश्यक सबै खालका पूर्वाधार तयार गरिएको र अहिले काम भइरहेको उहाँले बताउनुभयो । यस्तै यही वर्षभित्र जिल्लाभित्रका एक हजार दुई सय काठकाा जीर्ण पोल विस्थापित गरेर फलामका पोल स्थापित गर्ने काम भइरहेको छ ।


