• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ९. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

सचिवहरुलाई प्रधानमन्त्रीको ढाडस: ‘निर्णय गर्न डराउनु पर्दैन’

  •   मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन १५
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज जारी बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिनुभएको हो ।उहाँले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि निर्देशन दिनुभयो ।

नागरिकका लागि सहज सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न उहाँको निर्देशन थियो । उहाँले हरेक दिन, हप्ता, महिना, त्रैमास, अर्धवार्षिक, वार्षिक र आवधिक योजना र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

प्रधानमन्त्रीले विभिन्न निकायमा सेवा लिन लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्न र झन्झटरहित सेवाप्रवाहको व्यवस्था मिलाउन भन्नुभयो । चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र सहज रुपमा पाउने व्यवस्था गर्न उहाँले निर्देशन दिनुभयो ।“आइतबार सचिवहरुबाट पनि केही कुराहरु आएका थिए, त्यो पर्याप्त छैन, संविधान र कानुनको अधिनमा रही मुलुक र जनताको हितमा काम गर्नुहोस्”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले तथ्याङ्कका आधारमा भन्दा पनि वर्तमान अवस्थाबारे बुझेर आफूले भनाइ राखेको समेत उल्लेख गर्नुभयो ।

अहिलेको काम सन्तोषजनक छैन
प्रधानमन्त्री ओलीले अहिलेको काम सन्तोषजनक नभएको भन्दै प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो । “मैले विद्यमान अवस्था सन्तोषजनक नहरेकाले सरकार परिवर्तन भएको भनेको थिए, यतिबेला सरकारमा संसद्का ठूला दुई दल छन्, यी दुई पार्टीले सामाजिक र आर्थिक परिवर्तनमा योगदान गरेका छन् । यी दुई ठूला दल कहिले आकारमा सानो भए पनि ईतिहास, योगदान, दृष्टिकोण र सामथ्र्य भने ठूलो छ”, उहाँले भन्नुभयो ।

सरकारलाई असफल हुने छुट छैन

प्रधानमन्त्री ओलीले सरकारसामू असाधारण चुनौती रहेको उल्लेख गर्दै सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो । “यो अन्तिम आशा (लास्ट होप) हो । यो सरकार असफल हुन बनेको पनि होइन । सरकार जसरी पनि सफल हुन्छ”, निर्देशन दिँदै उहाँले भन्नुभयो, “हामी हातमा हात बाँधेर मात्र बस्यौ भने सफल भइँदैन । भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहुन सकिन्न, यसका लागि प्रतिबद्धता चाहिन्छ ।”

उहाँले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने उल्लेख गर्दै दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा समेत दिने बताउनुभयो । त्यसपछि निर्वाचनसम्म सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुने उहाँले बताउनुभयो ।

“सरकार शान्ति सु–व्यवस्था तथा सुशासन कायम गर्न र जनतालाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले बनेको हो, यसमा तपाईंहरु सबै स्पष्ट हुनुस्, देशका लागि केही गरौँ भनेर बनेको यो सरकारले आग्रह पूर्वाग्रह राख्दैन, कामको सही मूल्याङ्कन गरेर अघि बढ्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

पानीजहाज र रेल सञ्चालन

प्रधानमन्त्री ओलीले नेपालको आफ्नै पानीजहाज र रेल सञ्चालन गर्ने विषयमा भएको प्रगति माग गर्नुभएको छ । उहाँले सम्भावित अध्ययन भएका ठाउँमा पानीजहाज चलाउने उल्लेख गर्नुहुँदै सोहीअनुसार काम गर्न निर्देशन दिनुभयो ।

निर्णय गर्न डराउनु पर्दैन

प्रधानमन्त्री ओलीले कर्मचारीले निर्णय गर्न डराउने अवस्था हट्ने भन्दै निर्णय गर्दा फसिन्छ भन्ने मानसिकता त्याग्न र कुनै पनि प्रकारको असुरक्षा महसुस नगर्न आग्रह गर्नुभयो । “हाम्रो गन्तव्य नेपाललाई समृद्ध बनाउनु हो र नेपालीलाई सुखी बनाउनु र गरिबी हटाउनु हो, बीस प्रतिशतभन्दा बढी जनसङ्ख्या गरिबीमा छ । केही वर्षभित्रै हामीले यसलाई अन्त्य गर्नुपर्छ । त्यसका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले खपतका लागि आयात बढिरहेको उल्लेख गर्दैै आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो । “दैलेखमा पेट्रोलियम पदार्थको खानी उत्खनन् गरी आन्तरिक खपत गर्ने मात्र होइन निर्यात गर्न सक्नेबारे हामीले योजना बनाउनुपर्छ, जलविद्युत् र हाइड्रोजनलगायतको ऊर्जा उत्पादनको अपार सम्भावना छ । हामीसँग खानेपानीको ब्राण्डिङ गरेर निर्यात गर्न सक्ने अथाह सम्भावना छ । त्यो सम्भावनालाई यथार्थमा बदल्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नियमित कामका लागि बैठक भत्ता किन चाहियो भन्दै प्रश्न समेत गर्नुभयो । हाम्रो जस्तो गरिब मुलुकमा यस्ता कुराले ठूलो दायित्व सिर्जना गर्ने भन्दै अनावश्यक भत्ता नलिन उहाँको आग्रह थियो ।सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्त गर्नका लागि तोकिएका लक्ष्य पूरा गर्न सबै मन्त्रालय र निकायले आ–आफ्नो दायित्व तथा जिम्मेवारी पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीको निर्देशन थियो । “मानव अधिकार, जलवायु परिवर्तन, सम्पत्ति शुद्धीकरणलगायतका विषयमा हाम्रा लागि महत्वपूर्ण छन् । यसमा हामी कसरी जाने भनेर स्पष्ट हुन जरुरी छ”, उहाँले भन्नुभयो । नेपालमा ठूला दरका भारतीय नोट रू २५ हजारभन्दा बढी बोक्न नमिल्ले व्यवस्थालाई संशोधन गरिनुपर्ने पनि ओलीको भनाइ थियो ।

बजेट कार्यान्वयनको अवस्था हेर्दा चालु खर्च शतप्रतिशत गर्ने तर पुँजीगत खर्च आधा पनि गर्न नसक्ने व्यवस्थाको अन्त्या हुनुपर्नेमा जोड दिँदै उहाँले निर्माण व्यवसायीले पाउनुपर्ने रकम, दूग्ध किसानको भुक्तानीको समस्या तत्काल समाधान गर्न पनि निर्देशन दिनुभयो ।त्यस्तै उहाँले कृषि बीमाको अनुदान रोकिएको विषयलाई गम्भीर रुपमा लिन निर्देशन दिनुभयो । व्यवसायीले भ्याट फिर्ताको रकम नपाएको गुनासो सम्बोधन गर्न उहाँले जोड दिनुभयो ।

कृषि मन्त्रालयअन्तर्गत सञ्चालित सामूहिक अनुदानका कार्यक्रम आवश्यक रहे पनि व्यक्तिगत अनुदानका सबै कार्यक्रम बन्द गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । त्यस्तै सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे नियनित अनुगमन निरीक्षण गर्न पनि उहाँको निर्देशन थियो ।

ठूला तथा राष्ट्रिय गौरबका आयोजनाका काममा ढिलासुस्ती भएको विषय उठाउनुहुँदै ओलीले कानुनी रुपमा समस्या परेको भए त्यसलाई सहजीकरण गरेर काम अगाडि बढाउन उहाँको निर्देशन दिनुभयो ।सरकारले चाँडै सगरमाथा संवाद आयोजना गर्ने पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । पछिल्ला केही वर्षदेखि रोकिएको राष्ट्रिय प्रतिभा पुरस्कार वितरण प्रक्रिया अगाडि बढाउन पनि उहाँले निर्देशन दिनुभयो ।

राजस्व चुहावट नियन्त्रणका लागि जिम्मेवार भएर लाग्न निर्देशन दिँदै प्रधानमन्त्रीले करको दरभन्दा पनि दायरा बढाउँदै लग्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले मौद्रिक नीतिले राम्रो प्रभाव देखाएको र बजार पनि चलायमान हुन थालेको बताउनुभयो । पुँजी बजार मात्र होइन सबै क्षेत्र बिस्तारै सुधार हुँदै जाने विश्वास पनि उहाँले दिलाउनुभयो ।

धरहरा निर्माण चाँडो सक्न निर्देशन

प्रधानमन्त्री ओलीले चाँडोभन्दा चाँडो धरहरा निर्माण पूरा गरी सञ्चालन गर्न निर्देशन दिनुभयो । “धरहरा बनेको छ, मान्छे चढ्न पाएका छैनन । काम कहाँ निर अड्कियो र के भएर रोकिएको छ ? त्यसलाई किन सन्चालन नगर्ने ? कुन मन्त्रालयको जिम्मेवारीभित्र पर्छ, छुट्टै कार्यविधि बनाएर तत्काल सन्चालन गर्न म निर्देशन दिन्छु”, उहाँले भन्नुभयो । उहाँले धरहरा सञ्चालनपछि आम्दानीको नयाँ स्रोत थपिने पनि उल्लेख गर्नुभयो ।

एक सय दिनको कार्यप्रगति

प्रधानमन्त्री ओलीले अब प्रत्येक मन्त्रीको एक सय दिनको कार्यप्रगति खोजिने पनि उल्लेख गर्नुभयो । त्यसैले उहाँले दिन रात नभनी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । “एक सय दिनमा के काम गर्ने हो स्पष्ट भएर अघि बढ्नुहोला, आ–आफ्नो मन्त्रालयले के गर्यो भनेर एक सय दिनमा प्रतिवेदन बनाउनुपर्छ । प्रतिवेदनमा लेखिने कामहरु सन्तोषजनक र चित्तबुझ्दो हुनुपर्छ”, उहाँले भन्नुभयो ।

मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

भर्खरै

  • १.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ५.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ६.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ७.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ८.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.