• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ९. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

के अमेरिका ‘फर्स्ट जेन्टलमेन’का लागि तयार छ ?

  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन १७
यदि कमला ह्यारिसले अमेरिकी राष्ट्रपति निर्वाचन जित्नुभयो भने उहाँले इतिहास रच्नुहुनेछ र उहाँका पति डग एमहफले पनि इतिहास कायम गर्नुहुनेछ ।

ह्यारिस संयुक्त राज्य अमेरिकाको करिब साढे दुई शताब्दीको अस्तित्वमा पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभयो भने ५९ वर्षीय वकिल पहिलो फर्स्ट जेन्टलमेन बन्नुहुनेछ ।

एमहफलाई आफ्नी पथप्रदर्शक ५९ वर्षीय श्रीमतीसँगै केही नयाँ गर्ने बानी भइसकेको छ । पहिलो महिला, अश्वेत र दक्षिण एसियाली उपराष्ट्रपतिका रूपमा ह्यारिसको सुरुआती उथलपुथल कार्यकालमा ऊर्जावान अभियानकर्ता र उहाँको प्रखर रक्षक साबित गर्दै एमहफ पहिलो सेकेन्ड जेन्टलमेनका रूपमा आफ्नो भूमिकामा आउनुभएको छ ।

अर्को माइलस्टोनका रूपमा एमहफ कुनै अमेरिकी राष्ट्रपति वा उपराष्ट्रपतिको पहिलो यहुदी जीवनसाथी पनि हुनुहुन्छ । उहाँले राष्ट्रपति जो बाइडेनको प्रशासनमा यहुदीविरोधी भावनासँग लड्न निकै स्पष्ट भूमिका निर्वाह गर्नुभएको छ ।

ज्याकी केनेडी, मिशेल ओबामा र जिल बाइडेनजस्ता प्रसिद्ध डेमोक्रेटिक पहिलो जोडीको जस्तै पाइला पछ्याउने सम्भावनाबारे उहाँ उत्साहित हुनुहुन्छ । तर उहाँ यस्तो भूमिका धारण गर्ने पहिलो पुरुषका रूपमा उत्साहित हुनुहुन्छ ।

सम्भावित पहिलो फर्स्ट जेन्टलमेन हुने दाबीमा उहाँसँग कुनै रेकर्ड छैन । उक्त उपाधि पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफ्नी श्रीमती हिलारी क्लिन्टनको सन् २०१६ को असफल प्रतिस्पर्धाका क्रममा दाबी गर्नुभएको थियो ।

“अहिले मैले आफ्नी श्रीमती टिकटको शीर्षमा हुन पाउँदा सम्मानित महसुस गरेको छु”, उहाँले हालै एक पडकास्टलाई भन्नुभयो ।

ह्यारिसको भाग्यमा अचानक आएको परिवर्तनले एमहफलाई निराश बनाएको छ । जो बाइडेन प्रतिस्पर्धाबाट बाहिर हुँदा आफू फोन बन्द गरेर जिममा रहँदा ह्यारिसबाट मिस गरिएका टेक्स्ट र कलहरूको बाढी आएको उहाँले बताउनुभयो । “म मेरो फोन फेरि कारमा छाड्ने छैन”, उहाँले भन्नुभयो ।

घृणित आक्रमण

डेमोक्रेटिक टिकटमा द्रुत रूपमा भएको परिवर्तनले के अमेरिका एक अश्वेत महिलालाई राष्ट्रपतिमा निर्वाचित गर्नका लागि नस्लवाद र लिङ्गवादलाई जित्न तयार छ भन्ने प्रश्न खडा गरेको छ । तर एमहफ पनि एउटा आदर्श परिवर्तन हुनुहुनेछ ।

आंशिक रूपमा नस्लका आधारमा रिपब्लिकनहरूले पहिलादेखि नै उहाँमाथि आक्रमण गरिरहेका छन् । एक अन्तरवार्ताकारले एमहफ ‘बेवकुफ यहुदी’ थिए भन्दा डोनाल्ड ट्रम्पले टाउको हल्लाएपछि मङ्गलबार ह्यारिसको अभियानले ‘ट्रम्पको सेकेन्ड जेन्टलमेनविरुद्ध घृणित हमला’ को निन्दा गरेको थियो । ट्रम्प स्वयंले ह्यारिसलाई ‘यहुदीहरूले मन नपराउने’ बताउनुभएको थियो ।

तथापी एमहफले लामो समयदेखि आफूले पाएको राम्रो दिनसक्ने देखाएको छ । “मिस्टर ट्रम्प, मलाई थाहा छ कि तपाईंलाई उनको नाम उच्चारण गर्न धेरै समस्या हुन्छ”, हालै एक भिडियोमा कमलाको गलत उच्चारण गर्ने ट्रम्पको बानीलाई उल्लेख गर्दै एमहफले भन्नुभयो, “निर्वाचनपछि तपाईं उनलाई म्याडम राष्ट्रपति भन्न सक्नुहुनेछ ।”

एमहफले सन् २०१३ मा क्यालिफोर्नियाको तत्कालीन महान्यायाधिवक्ता ह्यारिसलाई ब्लाइन्ड डेटमा भेट्नुभयो र एक वर्षपछि उहाँसँग विवाह गर्नुभयो ।

यसबाट ह्यारिसलाई एमहफको अघिल्लो विवाहबाट जन्मिएका तत्कालीन किशोर छोरा कोल र किशोरी छोरी एलाको सौतेनी आमा बनाइदियो ।

सन् २०२० मा उहाँले ह्यारिसको पहिलो राष्ट्रपति पदको दावेदारीको प्रचार गर्न आफ्नो ल फर्मबाट बिदा लिनुभयो र फेरि सन् २०२१ जनवरीमा आधिकारिकरूपमा सेकेन्ड जेन्टलमेन बन्नुभयो ।

“मलाई मन परेको करियर छाडेर सबैभन्दा कठिन क्षणका कारण परिवर्तन सहज थिएन”, उहाँले गत साता अभियानका स्टाफलाई अन्तिमपटक भन्नुभएको थियो, “यो सधैँ राष्ट्रपति (बाइडेन) मसँग आउनुभयो र भन्नुभयो ‘हेर मलाई थाहा छ, तिमी महान वकिल हौ, मलाई थाहा छ कि यो गाह्रो भएको हुनुपर्छ’ ।”

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

भर्खरै

  • १.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ५.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ६.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ७.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ८.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.