• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ९. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

उडान सुरक्षामा कडाइ गर्न सुझाव

  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन १९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा थप प्रश्न सिर्जना गरेको छ ।

पोखरामा दुर्घटना भएको जहाजका चालक र सहचालकबिचको संवाद (ककपिट भ्वाइस रेकर्डस्) ले उडान सुरक्षामा नियामक निकाय गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको सम्बद्ध व्यक्तिहरूले बताउनुभएको छ । सो जहाजका पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाबिच भएको संवादमा उहाँहरूबिच तालमेल नभएको, संवादमा अन्योल र अनेकौँ त्रुटि देखिएकाले उडान सुरक्षाका नियममा परिवर्तन गर्न आवश्यक रहेको उड्डयन क्षेत्रका विज्ञले प्रतिक्रिया दिएका छन् ।

नेपाल वायु सेवा निगमका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले विमानस्थलभित्रै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना र पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनालाई आधार मान्दै नियम परिवर्तन हुनुपर्ने बताउनुभयो । पहाडीले भन्नुभयो, “यती एयरलाइन्सको ककपिटमा भएको संवादले उहाँहरूबिच सञ्चार सहयोगमा तालमेलको अभाव र सुरक्षा नियम पालनामा लापर्बाही हुँदा दुर्घटना निम्त्याएको देखिन्छ । त्यस्तै सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय विमानस्थलमै सुविधायुक्त ह्याङ्गरको आवश्यकतालाई औँल्याएकाले यसमा नियामक निकायको ध्यान जान आवश्यक छ ।”

विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, विमानस्थलमा आधुनिक उपकरणको अभाव र मानवीय त्रुटिलगायतका कारण नेपालमा हवाई दुर्घटना भइरहेकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षाको नियमलाई समेत समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

अहिले पनि लुक्ला, जोमसोमलगायतका विमानस्थलमा पाँचचोटिसम्म जहाज उडान–अवतरण गरेर मात्रै कोपाइलटले पाइलटको जिम्मेवारी पाउँदै आएको जानकारी गराउँदै पहाडीले त्यस्ता प्रशिक्षण उडानलाई व्यावसायिक उडान बनाएर यात्रु बोक्न नहुने नियम बनाउन आवश्यक रहेको बताउनुभयो । सौर्य एयरलाइन्सको जहाजलाई पनि सिचेक (प्राविधिक उडान) का लागि मात्रै अनुमति दिएको भए मानवीय क्षतिबाट बच्न सकिने उहाँले धारणा व्यक्त गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले ७२ जना यात्रु बोकेको विमानलाई प्रायोगशाला बनाउँदा ठुलो मानवीय क्षति भएकाले नियामक निकायले यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक भएको अडियो अनुसार जहाज अवतरण गर्दा पाइलटले फ्लाइट इन कमान्ड (नेतृत्व) आफैँले नलिँदा दुर्घटना भएको देखिन्छ । प्रशिक्षण लिइरहेका पाइलटले ७२ जना यात्रु बोकेर चेक उडान गरेर जहाजलाई प्रयोगशाला बनाएको बुझ्न सकिन्छ । यस्ता दुर्घटना हुन नदिन प्रशिक्षण उडानको समयमा मुख्य पाइलटले नै अवतरण र उडानको जिम्मेवारी लिनु पर्छ ।”

विमानस्थलमै भएका एकपछि अर्को दुर्घटनाले नेपालमा ठुला विमानस्थलको आवश्यकता औँल्याएको भन्दै उहाँले विमानस्थललाई प्रविधियुक्त र पर्याप्त सुविधायुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । सार्वजनिक अडियोमा पाइलट केसीले कोपाइलट खतिवडालाई सबै कन्ट्रोल जिम्मेवारी दिएर आफूले निर्देशन मात्रै दिएको सुनिएको छ । कोपाइलटमा सामान्य जानकारी पनि नभएको जसरी संवाद भएको छ । यसबाट प्रशिक्षार्थी कोपाइलटमा पाइलटका लागि चाहिने योग्यतामाथि प्रश्न खडा भएको उहाँले बताउनुभयो ।

विज्ञहरूले प्रशिक्षण उडान भए पनि शिक्षकले विद्यार्थीलाई परीक्षा कोठामा सिकाए जस्तै सिकाउनु, नयाँ विमानस्थलमा पहिलोचोटि (पश्चिम–पूर्व) अप्ठ्यारोतर्फबाट अवतरण गराउन खोज्नु, प्रशिक्षार्थी कोपाइलटलाई पास गराउन क्षमता नभएको अवस्थामा सम्पूर्ण जिम्मेवारी दिनु त्रुटि देखिएकाले नियमनमा कडाइ हुनुुपर्ने बताउनुभएको छ ।

शनिबार, साउन १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

भर्खरै

  • १.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ५.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ६.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ७.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ८.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.