• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

मेयरमा रेनु दाहालको उम्मेद्वारले मुसहर बस्तीमा खुशी छायो

  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित

बैशाख २० , भरतपुर। वर्षौ देखि फुसको छानोमा बस्दै आएका मेघौलीको मुसहर बस्तीमा यतिवेला अर्को खुशी छाएको छ ।केही समय अगाडि पक्की छाना भएको घर पाएर खुशी भएका यो वस्तीका बासिन्दा यतिवेला भरतपुर महानगरपालिकाको प्रमुख पदको लागि पुन रेनु दाहालकै उम्मेद्वारी भएपछि उक्त बस्तीमा खुशी छाएको हो । गत मंसिरमा दाहालकै पहलमा भरतपुर महानगरपालिका २७ र २८ मेघौलीका अति विपन्न १५ मुसहर परिवारलाई भान्सा कोठा सहित तीन कोठा र शौचालय भएको घर हस्तान्तरण गरिएकोे थियो । उक्त बस्ती निर्माणमा महानगरले २३ लाख ५७ हजार रुपिंयाँ खर्च गरेको थियो ।

वर्षाको पानी समेत बाहिर नजाने अवस्थाको छाना भएको घर बाट पक्की घरमा बस्दै आएकी तुलिया मुसहर भन्छिन् “हामीलाई घर बनाइदिने मेयर फेरी मेयर हुने रे, हामी त उहाँलाई नै भोट दिने हो ।” उनका श्रीमान भुखला मुसहरकै भनाईलाई आधार मान्ने हो भने उक्त बस्तीका १५ घर परिवार सबैले यस पटकको निर्वाचनमा दाहाललाई नै भोट हाल्ने योजना बनाएका छन् ।

राप्ती र नारायणी नदी किनारको उक्त बस्तीका अधिकाँश बासिन्दा माछा मारेर आफ्नो जीवन निर्वाह गर्दै आएका अति विपन्न परिवारमा पर्दछन् । भरतपुर महानगरपालिकाको पहलमा गत दुई आर्थिक वर्षमा गरि उक्त बस्तीका मुसहरलाई लक्षित गरि टिनको छाना भएको पक्की घर निर्माण गरिदिएको थियो ।

‘पहिले खरले छाएको चुहिने घर थियो । आफ्नै जीवनकालमा पक्की घरमा बस्न पाइन्छ भनेर सोचेका पनि थिएनौँ, मेयर सापका कारण ढुक्क भएका छौं ।’ तुलियाले भनिन्, यस अघि पुरानो कपडा र प्लाष्टिकले पानी छेक्दै बस्नु पर्ने अवस्थाका चुहिने घर हेरेर धेरै नेताहरुले घर बनाई दिने आश्वासन दिएका थिए तर वर्षौ वित्दा पनि मुसहर बस्तीका बासिन्दाको अवस्था उस्तै थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेद्वार रेनु दाहालका अनुसार महानगरले खरको छानोमुक्त अभियान सञ्चालन गरेको र अझै पनि केही ठाउँका सुकुम्वासी बस्तीमा काम गर्न बाँकी रहेको बताएकी छन् । उनले आगामी कार्यकालमा खरको छानामुक्त अभियानसंगै रोजगारी, स्वरोजगारीका अभियान जोडेर विकासको दृष्टिले पछाडि परेका समुदायको उथ्थानमा लाग्ने बताइन् ।
त्यसै गरि उपप्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारीले भरतपुर महानगर भित्र बसोवास गर्ने अतिविपन्न परिवार लक्षित गरि कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको नदी किनार र सुकुम्वासी बस्तीमा दलीत, मुसहर, बोटे, दराई, कुमाललगायतका आदिवासी जनजातीको बसोबास रहेको छ ।यस पटक पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह बाट माओवादी केन्द्रकी रेनु दाहाल र रुख चुनाव चिन्हमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेद्वारी दिएका छन् ।

मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.