बैशाख २० ,चितवन।गठबन्धनबाट भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षको कार्यकालमा भरतपुरमा विकासको बलियो फाउन्डेसन तयार भएको बताएकी छिन् । भरतपुर– ६ मा पाँचदलीय गठबन्धनको सम्पर्क कार्यालय तथा घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै उनले आफ्नो पाँच वर्षको कार्यकालमा निकै मिहिनेतका साथ महानगरको बलियो फाउन्डेसन बनाएको बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले पाँच वर्षमा महानगरपालिकामा विकासको टेलर देखायौँ, अब विजय भएपछि फिल्म देखाउनेछौँ ।’ उनले भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर बनाउने प्रतिबद्धतासमेत गरिकी छिन् । मुलुकमा खासखास समस्या आउँदा समस्याको समाधान गर्न नेपाली कांग्रेससहितको अहिलेको पाँच दल गठबन्धनमा आएको भन्दै प्राप्त उपलब्धिको रक्षाका लागि पुनः सबै एक ठाउँ आउनुपरेको उनले बताइन् ।

गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले भरतपुरमा धेरै कामको शुभारम्भ भएको र त्यसको पूर्णताका लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले कांग्रेसनको निति नियम भित्र बसेर केन्द्रको निर्णयलाई पालना गर्द कार्यकर्ताहरुलाई निर्देशन गदिएका थिए ।

यस पटक पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह बाट माओवादी केन्द्रकी रेनु दाहाल र रुख चुनाव चिन्हमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेद्वारी दिएका छन् । भने भरतपुर ६ को वडा अध्यक्षमा रुख चिन्ह बाट अध्यक्षमा कृष्णलाल श्रेष्ठ सदस्यहरुमा सारदा पोख्रेल, शर्मिला पारियार, जितेन्द्र राज कोइराला र रुद्र अधिकारीको उमेद्वारी छ । रेनु दाहालकै पहलमा भरतपुर ६ मा १० करोडको योजनामा धर्मिक पार्क निर्माणधिन अवस्थामा छ ।
https://www.facebook.com/107608434350081/videos/3324227177858356


