बैशाख २१ , चितवन। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा चितवन आइपुगेका छन् । देउवा आज (बुधबार) बेलुका बिराटनगरबाट सिधै आएका हुन् । उनी नेपाली सेनाको जहाज मार्फत अपरान्ह ५ः३० बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।
पाँच दलीय गठबन्धनले भोलि विहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा आज चितवन आइपुगेका हुन् । सभापति देउवाले निर्वाचन आचारसंहितलाई ख्याल गर्दै चितवन आइपुगेका हुन् ।

देउवाले आचारसंहितलाई ख्याल गर्दै विमानस्थलबाट बा ३ च २०५० नम्बरको गाडीमा सवार भएर होटल सिराइचुली पुगेका छन् ।देउवाले प्रयोग गरेको निजी गाडी राज्यमन्त्री उमेश श्रेष्ठको रहेको बुझिएको छ ।

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो ।


