बैशाख २१ , भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका फुट नजिक पुगेको छ ।चितवनको खैरहनीमा जारी विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई कारवाही गर्दै हटाएको छ ।
साथै विप्लवलाई पार्टीबाट नै निश्कासन गर्ने निर्णय गरिएको प्रचारप्रसार समितिका सदस्य ध्रुव खड्काले जानकारी दिए । त्यस्तै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई समेत जिम्मेवारीबाट हटाइएको उनले जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । भेला २३ गतेसम्म चल्ने छ ।
तपाईको प्रतिक्रिया


