• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ढिके नुनको प्रयोग बढ्यो

  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित

आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग बढ्न थालेको छ । कैलालीको ग्रामीण क्षेत्रका स्थानीयले फेरि ढिके नुन प्रयोग गर्न थालेका हुन् ।

आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या बढेको स्थानीयको जिकिर छ । आयोडिनयुक्त पोकाको नुन खाँदा उच्च रक्तचाप, थाइराइड जस्ता समस्या बढ्न थालेको कैलारी गाउँपालिका–७ का रामनाथ चौधरीले बताउनुभयो । पछिल्लो समय यस्ता समस्या बढेपछि आयोडिन नुनकै प्रयोगले भएको भन्दै आफूहरुले पुनः ढिके नुन प्रयोग गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

“विगतमा ढिके नुन खाँदा हामी, हाम्रा आमाबुबामा यस्तो समस्या देखिएको थिएन”, उहाँले भन्नुभयो, “तर अहिले आयोडिन नुनको कारणले थाइराइड र प्रेसरको समस्या भइरहेको छ ।”

आयोडिनयुक्त नुन नखाँदा गलगाँड हुने, बालबच्चाको वृद्धि विकासमा असर पुग्ने जस्ता विगतमा समस्या देखिएपछि सरकारले आयोडिनयुक्त प्याकेटको नुन अनिवार्य प्रयोगमा जोड दिएको थियो । आयोडिनयुक्त नुनको प्रयोग अनिवार्य नै भएपछि ढिके नुन खाँदै आएका ग्रामीण क्षेत्रका मानिसले पनि आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका थिए । तर, पछिल्लो समय थाइराइड र उच्च रक्तचाप समस्या बढ्दो रहेको कैलारी गाउँपालिका–५ विसनपुरका रामशरण चौधरी बताउनुहुन्छ ।

गाउँघरको मान्छेको खानपानमा परिवर्तन आएको छैन । उनीहरु बजारकोभन्दा पनि प्रायः आफैले उत्पादन गरेको शुद्ध तोरीको तेल, तरकारी, खुर्सानी खाँदै आएका छन् । पहिले र अहिलेको खानाको परिकारमा खासै परिवर्तन नभएको स्थानीय बताउँछन् । खानपानमा नुनमात्रै परिवर्तन भएकोले नुनकै कारण स्वास्थ्य समस्या भइरहेको उनीहरुको बुझाइ छ ।

ढिके नुनको प्रयोग बढ्न थालेसंगै त्यस्तो नुनको बिक्री पनि ग्रामीण बजारमा बढ्न थालेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका मानिसमा थाइराइड र उच्च रक्तचापको समस्या अत्यधिक देखा परिरहेको कैलारी गाउँपालिका–५ स्थित पवेरा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताउनुभयो ।

उहाँले आयोडिनयुक्त नुनको प्रयोगका कारण यस्तो समस्या भइरहेको गाउँघरमा हल्ला रहेको उल्लेख गर्नुभयो । “आयोडिनयुक्त नुनले समस्या गरिरहेको भन्ने हल्ला गाउँघरमा छ । तर, त्यहि नै सत्य हो वा होइन भन्न सकिन्न”, चौधरीले अगाडि थप्नुभयो,“आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा ठीक मात्रामा छ कि छैन, त्यसमा भर पर्छ ।”

बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु
‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को
‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता
शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • २.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ३.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ४.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ५.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ६.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

  • ७.
    कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

  • ८.
    विजय बरालको चोटपछि रोकिएको ‘सिन्दुरे जात्रा’को सुटिङ सकियो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.