• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला

  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन ९
तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमान्को भर नपरी सुखै थिएन ।

चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ । उहाँ अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुना–टपरी बनाउन व्यस्त हुनुहुन्छ । अहिले उहाँलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “आजभोलि आफैँसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुना–टपरी बनाउन थालेँ । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।”

सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । उहाँ घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्र्ने गर्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी पनि फेरिएको छ । उहाँ अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउनुहुन्छ । अचेल उहाँँलाई उद्योगमा महिलासँग गफिँदै टपरी खुट्दाखुट्दै समय बितेको पत्तै हुँदैन । “बिहान–बेलुका घरको काम गरेर दिउँसो दुनाटपरी बनाउन उद्योगमा आउँछु, अहिले समय गएको पत्तो हुँदैन”, रोकाले भन्नुभयो । दुना–टपरी फुट्न थालेदेखि काम मात्र होइन, दाम पनि राम्रै कमाएको उहाँले बताउनुभयो ।

केसी र रोकाहासँगै धनकाला सारू पनि उद्योगमा आउनुहुन्छ । महिना दिनसम्म काम गरेपछि तलब बुझ्नुहुन्छ । यसभन्दा अघि उहाँको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उहाँलार्ई भ्याइनभ्याई छ । सारूको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उहाँको दैनिकीमात्र होइन, जीवनशैली नै फेरिएको छ । उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको सारूको भनाइ छ । उहाँले भन्नुभयो, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन । घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौँ, यसले हाम्रो घरखर्च पनि चलेको छ ।” पहिला आफूहरू कामको खोजीमा भौँतारिएको स्मरण गर्दै उहाँले हिजोआज सहज भएको बताउनुभयो ।

केसी, रोकाहा र सारूमात्र होइन, यहाँका अधिकांश महिलाले दुना–टपरी उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा काम गरेबापत उहाँहरूले मासिक रू पाँच हजारदेखि १० हजारसम्म कमाउनुहुन्छ ।

पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिला मात्र भेटिन्छन् । उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना–टपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ ।

महिला दिदीबहिनीहरूलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना–टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताउनुभयो । उहाँले चुलोचौकामा मात्र सीमित महिला अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गर्नुभयो । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग भएको उहाँको भनाइ छ ।

तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ [रेडा] र युएनडिपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयको सहयोगमा रू एक लाख बराबरको उद्योगका लागि आवश्यक सामग्री पनि अनुदानमा पाएको उल्लेख गर्नुभयो । विसं २०७७ मङ्सिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो । अहिले यहाँ पाँच जना महिलामात्र सक्रिय रूपमा लागिरहेका छन् । दुना–टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति पनि मेटिन लागेकाले आफूहरू जगेर्ना गर्न लागिपरेको हरिकला रानाको भनाइ छ । कतिपय नयाँ पुस्तामा दुना–टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताउनुभयो ।

पोखरादेखि काठमाडौँसम्म पाल्पाली दुना–टपरी

यहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित देशका ठूला सहर बुटवल, भैरहवा, पोखरा, काठमाडौँसम्म पुग्ने गरेको छ । दुना–टपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन् । साइजअनुसार रू दुईदेखि १० सम्म दुना–टपरी बिक्री हुँदै आएको छ ।

दुना–टपरीको धार्मिक महत्त्व

दुनाटपरी आम्दानीको राम्रो स्रोत मात्र होइन, धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिन्छ । टपरीको प्रयोग प्रायः विवाह, व्रतबन्ध, न्वारन आदि शुभ तथा अशुभ कार्यमा देवतालाई भोग लगाउने र खाना खाने काममा प्रयोग गरिन्छ । विवाह, व्रतबन्ध, पुराणलगायत ठूला कार्जे गर्दा धेरै महिला जम्मा भएर दुना टपरी गाँस्ने चलन छ ।

खासगरी यी सामग्री परम्परागत रीतिरिवाज तथा संस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ । यिनमा खानेकुरा, अन्न, राख्ने र देवतालाई चढाउने काम गरिन्छ । त्यसका साथै थाल बटुकाको सट्टा दुना टपरीमा खानेकुरा राखी मानिसले नै खाने प्रयोजन पनि गर्छन् । थाल, बटुकामा खाएपछि माझ्नुपर्ने भएकाले ठूला भोजभतेरमा खाने प्रयोजनका लागि यो निकै महत्त्वपूर्ण मानिन्छ । एकपटक प्रयोग गरेपछि फ्याँकिन्छ । यो वातावरणमैत्री पनि मानिन्छ । प्रयोगपछि सजिलै नष्ट गर्ने भएकाले हिजोआज यो सहरबजारमा पनि निकै प्रयोगमा आउन थालेको छ ।

यसरी बनाइन्छ दुना–टपरी

दैनिक जीवनमा चलाउने थाल र बटुकाजस्तै सामग्री हुन दुना र टपरी । टपरी धेरै पात एकापसमा सिन्काको माध्यमले जोड्दै थालजस्तो आकारको पारेर बुनिन्छ । यसका लागि पनि सीप भएकै व्यक्तिको आवश्यकता पर्छ । सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई हिजोआज भने आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ ।

यसको आकार भने आवश्यकतानुसार सानोठूलो बनाउन सकिन्छ । दुनाका लागि भने दुईवटा मात्र सालको पात प्रयोग गरिन्छ । पातलाई जोडेर मेसिनमा राखिन्छ । त्यसपछि मेसिनले अठ्याएर दुना–टपरीका [साना-ठूला] विभिन्न आकारमा बनाउने गरिन्छ । मेसिनले थिचेर दुनाटपरीको आकार दिएपछि सिन्को लगाउने काम भने हातले नै गर्नुपर्ने हुन्छ । आफ्नै वनपाखामा झरेर खेर जाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि यो गतिलो आम्दानीको माध्यम बनेको छ ।

शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.