बैशाख २५ ,चितवन ।नेकपा एमाले र राप्रपाले चितवनको नारायणगढमा आइतबार तामझामको साथ आगामी बैशाख ३० गतेको स्थानीय तहको चुनाव केन्द्रीत आमसभा ग¥यो । उक्त आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे ।उक्त चुनाबी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको भन्दा नेपाली काँग्रेसको चिन्ता बढी गरे । प्रधानमन्त्री शेरबहादुरले आफुु प्रधानमन्त्री बन्न काँग्रेस सिध्याउन लागेको आरोप लगाए । यस्तो अवस्थामा पनि मुक दर्शक भएर हेर्ने कस्ता पार्टी कार्यकर्ता हुन भनेर प्रश्न गरे ।
उनले भने, शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको, मैले केही भन्न पर्ला जस्तो छैन ।ओलीले थपे, ‘कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन ?
भरतपुर महानगरपालिका निर्वाचनमा काँग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलको पक्षमा मत बढाउन ओलीले काँग्रेस पार्टीको चिन्ता गरेका हुन् । जगन्नाथले जति बढी मत काट्छन आफ्ना उम्मेद्वारलाई जित्न त्यतिनै सजिलो पर्छ भन्ने ओलीको सोचाई छ । त्यही सोचबाट उनले आफ्नो घोषणापत्रमा सबै भन्दा दुस्मन अर्थात प्रमुख प्रतिस्पधीको रुपमा इंगित पार्टी फुट्ने चिन्ता व्यक्त गरेका छन् । साँचो अर्थमा उनी र उनको पार्टीलाई काँग्रेस एक जुट भएको ठीक होला या सिद्धिएकोे यो सामान्य भन्दा सामान्यले पनि बुझ्ने कुरा हो । काँग्रेस सिद्धिदा सबै भन्दा फाइदा कुन पार्टीलाई होला ? एमालेको चुनावी घोषणापत्रमा के छ ? ओलीले फालेको अस्त्र के साँचो अर्थमा काँग्रेस सकिने चिन्ता थियो या गोहीको आशु ?भरतपुरमा आइतबार पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे ।
यसअघि नै स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको नेकपा (एमाले) ले ६७ बुँदे ‘अपिल’ सार्वजनिक गरेको छ । उक्त अपिलमा आम मतदातालाई आग्रह गर्नभन्दा पनि कांग्रेसको घोषणापत्रमा गरिएको आफ्नो आलोचनाको प्रतिउत्तर दिन बढी केन्द्रित छ । सिंगो गठबन्धनको खरो आलोचना गरिरहेका एमाले अध्यक्ष ओली आइतबार भने कांग्रेसमाथि बढी खनिए ।
उनले कांग्रेस बाहेकका पार्टी केही होइनन भन्ने आशयमा महाभारतका पात्रहरुको उदाहरण नै पेश गरे । ‘महाभारतको युद्धमा कौरवका को–को सेना थिए, ती सबैको हिसाबकिताब र दुर्गुणका बारेमा खासै चर्चा हुँदैन,’ मात्र ‘कौरवका बारेमा चर्चा हुन्छ, दुर्योेधनका बारेमा चर्चा हुन्छ । यहाँ पनि त्यस्तै भयो होला ।’ यसले पनि ओली कांग्रेसको पछिल्लो गतिविधिप्रति बढि नै असन्तुष्ट छन भन्ने पुष्टि गर्छ । त्यसैले पनि उनी चितवनको ुचनाबी सभामा काँग्रेस सकिने विषयमा चिन्ता व्यक्त गरे । के साँच्चै ओलीले शेरबहादुरले काँग्रेस सिध्याउने भयो भनेर काँग्रेस लाई माया लागेर चिन्ता गरेका होलान ?


