• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

त्रिवि फेरि आन्दोलनको मारमा्

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित

केही समय मत्थर बनेको त्रिभुवन विश्वविद्यालय फेरि विद्यार्थी आन्दोलनको मारमा परेको छ ।

ताला नलगाउन विगतमा सर्वोच्च अदालतले दिएको आदेशको उल्लङ्घन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार रिजालको कार्यकक्षमा ताला लगाएको छ ।

विश्वविद्यालयमा पुस १९ गतेदेखि लगाएको तालाका कारण शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको छ । तालाका कारण कार्यकक्षमा छिर्न नपाएपछि पदाधिकारीहरू विश्वविद्यालय अन्तर्गतकै अन्य निकायका कार्यालयमा बसेर सामान्य दैनिक प्रशासनिक काम चलाइरहनुभएको छ । यसअघि क्रान्तिकारीले गत जेठ १४ गते तीन वटै पदाधिकारीको कार्यकक्षमा ताला लगाएको थियो । यसविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले असार १८ गते ताला खोल्न आदेश दिएको थियो । सोही आदेशका आधारमा ताला खुलेको थियो ।

अहिले फेरि पुरानै समूहले सोही माग तेस्र्याएर ताला लगाएका कारण कार्यकक्षमा पस्न नपाएपछि विश्वविद्यालयका पदाधिकारीहरूले अति महìवपूर्ण काम विश्वविद्यालय अन्तर्गतकै अन्य कार्यालयमा बसेर सल्ट्याउने गर्नुभएको छ । तालाबन्दी भए पनि विश्वविद्यालयका दैनिक प्रशासनिक काम नरोकिएको तर विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा पटक पटक तालाबन्दी हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश गएको उपकुलपति प्राडा दीपक अर्यालले बताउनुभयो ।

यसअघि पनि माग राखेर ताला लगाइएको थियो । त्रिविले यी विषयलाई यसअघि कार्यव्रmमका रूपमा सञ्चालन गरेको थियो । त्यति बेला विद्यार्थीबाट लिइने शुल्कबाट नै प्रशासनिक, शैक्षिक तथा आर्थिक व्यवस्थापन भइरहेको थियो; जसका कारण अन्य विभागको तुलनामा यी कार्यक्रममा पढ्ने विद्यार्थीको शुल्क केही धेरै थियो तर नियमित खर्च आफैँले बेहोर्ने गरी त्रिविले यी कार्यक्रमलाई विभागमा रूपान्तरण गरे पनि शुल्क भने पहिले झैँ उठाएपछि क्रान्तिकारीले असन्तुष्टि जनाएको हो ।

त्रिविले भने आर्थिक विषयसँग जोडिएको र दीर्घकालीन असर पर्ने भएको हुनाले यस विषयमा अध्ययन गरेर मात्रै निर्णय गर्नुपर्ने बताएको छ । पहिलो निजी कार्यव्रmमका रूपमा सञ्चालन भएको र हाल विभागमा गाभिएका स्नातकोत्तर तहमा यी कार्यक्रम अध्ययन गर्दा पहिलो सेमेस्टरमा ७२ हजार र अन्य सेमेस्टरमा ३६ हजार रुपियाँको दरले शुल्क तिर्नु पर्छ तर यीबाहेक अन्य विभागको शुल्क भने करिब आधा कम रहेका छन् ।

अखिल क्रान्तिकारीले ताला लगाएपछि विश्वविद्यालय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव हिक्मत बुढासहित १५ जनाले यसअघि नै ताला खोल्न अनुरोध गरिसकेका छन् । ज्ञान उत्पादन र विद्यार्थीको भविष्य निर्माण हुने जस्तो संवेदनशील संस्थामा तालाबन्दी गरी सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि ठप्प पारेर कुनै पनि समस्याको दिगो र समाधानमुखी निकास सम्भव नहुने उहाँहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा जनाइएको थियो ।

सुचारु गराउने उद्देश्यले तालाबन्दी खोल्ने कार्यमा हामी स्वयम्ले सहजीकरण गर्ने बेहोरा सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.