• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

सुरुङभित्र खोजी जारी

  •   सोमबार, भदौ २९, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ २९ गते । भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।

जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठुला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनियाँ, कोरियाली र संयुक्त अरब इमिरेट्स (युएई) का टोली फिर्ता भएका हुन् । नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाका १३ र भारतीय टोलीका ११ गरी २४ जना खोजीमा खटिएका छन् । सुरुङभित्र करिब ७० मिटर गेग्य्रान हटाउने काम भइरहेको छ ।

उक्त टनेलसम्म भारी उपकरण पुर्‍याउन नेपाली सेनाले चट्टानी भूभागमा ‘ब्लास्टिङ’ गरी पहुँचमार्ग तयार गरेको छ । उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ । बाढीले क्षति पुर्‍याएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन् । सुरुङबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको जनाइएको छ । हाकुबेँसीस्थित अडिट–१ मा नेपाली सेना र अस्ट्रेलियाली गरी १६ जनाको उद्धार टोली परिचालित छ ।

त्यसै गरी २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाका ३५ जनाले खोजी जारी राखेका छन् । निकासमार्गतर्फ जाने करिब १० मिटर लामो, तीन फिट चौडा र चार फिट अग्लो प्रवेशद्वारमा माटो तथा ठुला चट्टान भेटिएपछि हटाउने काम भइरहेको छ । सुरुङभित्र हालसम्म कोही फेला नपरेको जनाइएको छ । ६० मेगावाटको त्रिशूली–३ ‘ए’ आयोजनामा सेनाका ३३, नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरीका १० जनाको टोली परिचालित छ । अविरल वर्षाका कारण पावर हाउस प्रवेश गर्ने सुरुङको मुख पहिरोले पुरिएपछि खोल्ने प्रयास भइरहेको जनाइएको छ ।

३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ९८ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० जना खोजीमा छन् । आयोजनाको आवासगृह क्षेत्रमा गहिराइसम्म उत्खनन भइरहेको छ । नदीको सतह समुद्री सतहबाट ६५३ मिटरमा रहे पनि ६५१ मिटर गहिराइसम्म उत्खनन गर्दा भवनको संरचना फेला नपरेको जनाइएको छ । १२० मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाका पाँच र अस्ट्रेलियाली डार्ट टोलीका चार गरी नौ जना खोजीमा छन् । सुरुङमा भारी उपकरण आवश्यक भए पनि भौगोलिक अवस्थाका कारण पुर्‍याउन कठिनाइ भएको छ । आयोजनाको पावर हाउस, ‘ट्रान्सफर्मर रुम’ र ‘कन्ट्रोल प्वाइन्ट’ सम्म संयुक्त टोली पुगिसकेको जनाइएको छ ।

भग्नावशेषमा छुट्टै संयन्त्र 

प्राधिकरणका प्रवक्ता महतले सुरुङभित्रको खोज तथा उद्धारसँगै अन्य भग्नावशेषमा समेत खोजी जारी राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्याफ्रुबेँसी, टिमुरे, मैलुङ, वेत्रावती, देवीघाटलगायत बाढीबाट बढी क्षति भएका क्षेत्रमा प्रहरी, स्थानीय तह, जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय तथा घरधनी वा आफन्तसहितको संयन्त्र बनाएर खोज तथा उद्धार सञ्चालन गरिने छ ।

“बाढीले क्षतिग्रस्त निजी तथा सार्वजनिक भग्नावशेषभित्रको खोजी तथा उद्धार थप संवेदनशील हुन्छ । कतिपय महत्वपूर्ण वस्तुको सङ्कलन र संरक्षणका लागि छुट्टै संयन्त्र तयार गरी यथासक्य छिटो परिचालन गर्ने तयारीमा छौँ,” प्राधिकरणका प्रवक्ता महतले भन्नुभयो । उहाँले नेपाली सुरक्षा निकायसहितको टोलीले सुरुङ तथा आयोजनाका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर गरिरहेको पनि जानकारी दिनुभयो ।

सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग
‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य
‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • २.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ३.
    ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक

  • ४.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ५.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ६.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ७.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ८.
    सामूहिक प्रयासमा फूलखेती

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.