• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

बढ्यो घरजग्गाको कारोबार

  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ ३१ गते । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबार बढेको छ । अघिल्लो आवमा यस्तो कारोबार सङ्ख्या १.८४ प्रतिशतले घटेकामा आव २०८२/८३ मा ४.७४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखतपारित अन्तर्गतको कारोबार सङ्ख्या १२.२८ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा यस्तो कारोबार सङ्ख्या १५.४५ प्रतिशतले बढेको थियो ।

लिखतपारित अन्तर्गतको राजीनामा कारोबारको सङ्ख्या अघिल्लो आवको चौथो त्रैमासमा ८.१५ प्रतिशतले बढेकामा समीक्षा अवधिमा २२.८८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि अघिल्लो आवको सोही अवधिको २.९८ प्रतिशतले घटेको तुलनामा समीक्षा अवधिमा १५.४१ प्रतिशतले बढेको छ । जस अनुसार आव २०८२/८३ मा  सात खर्ब २० अर्ब ८६ करोड रुपियाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आवमा त्यस्तो कारोबार तीन खर्ब ८६ अर्ब १५ करोड रुपियाँको थियो । त्यसबापत समीक्षा अवधिमा राजस्व ४८.२६ प्रतिशतले बढेकोे छ । अघिल्लो आवको चौथो त्रैमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो ।

यी कारोबारबाट पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ जुन अघिल्लो आवको सोही अवधिमा यस्तो २९.९८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैङ्क कर्जा पनि विस्तार भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आवासीय घरजग्गा कर्जासहित त्यस्तो कर्जा ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो ।

प्रादेशिकस्तर घरजग्गाको कारोबार सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा धेरै (६९.३८ प्रतिशत) ले बढेको छ भने मधेश प्रदेशमा ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा यस्तो कारोबार सङ्ख्या बढेको छ ।

समीक्षा अवधिमा सात वटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आवको सोही अवधिको तुलनामा बढेको छ । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै १७५.३३ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ३१.९८ प्रतिशतले कारोबारको कुल मूल्य बढेको छ ।

महानगरपालिकास्तरमा काठमाडौँ महानगरपालिकामा कारोबारको सङ्ख्या सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ । त्यसपछि क्रमशः ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगन्ज महानगरपालिकामा २९.१९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल सबै महानगरपालिकामा अघिल्लो आवको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै २०८.२२ प्रतिशत र वीरगन्ज महानगरपालिकामा सबैभन्दा कम १३.३१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा घरजग्गा कारोबारको कुल मूल्य सबै महानगरपालिकामा अघिल्लो आवको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै २१७.४० प्रतिशत रहेको छ ।

उपमहानगरपालिकामध्ये कलैया उपमहानगरपालिकाबाहेक सबैमा घरजग्गा कारोबारको सङ्ख्या बढेको छ । सबैभन्दा धेरै धनगढी उपमहानगरपालिकामा ७३.१६ प्रतिशतले बढेको छ भने कलैया उपमहानगरपालिकामा कारोबार सङ्ख्या स्थिर छ ।

समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल सबै उपमहानगरपालिकामा बढेको छ । हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै १०४.१६ प्रतिशतले बढेको छ ।

बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग
‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य
‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • २.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ३.
    ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक

  • ४.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ५.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ६.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ७.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ८.
    सामूहिक प्रयासमा फूलखेती

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.