• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ८. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ९. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

प्रचण्ड दिल्लीमा : आज र भोलि उच्चस्तरीय वार्ता

  •   शनिबार, असार ३२, २०७९ मा प्रकाशित

असार ३२, काठमाडौँ। तीनदिने औपचारिक भ्रमणका क्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिल्ली पुगेका छन् ।भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले शनिबार र आइतबार उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रचण्डलाई दिल्ली जानुअघि विमानस्थलमा माओवादीका स्थायी समिति सदस्यहरूले बिदाइ गरेका थिए । दिल्लीमा प्रचण्डलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी र भारतीय विदेश मन्त्रालयको नेपाल–भुटान डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । प्रचण्डसँग उनकी छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल साथमा छन् ।

शनिबार उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले मोदीसँग ब्रेकफास्टसहित वार्ता गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भेटवार्ता गर्नेछन् ।

नड्डाले प्रचण्डको सम्मानमा दिवाभोज आयोजना गरेका छन् । दिवाभोज सम्पन्न गरेपछि प्रचण्ड आइतबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री जयशंकर, सुरक्षा सल्लाहकार डोभाललगायतसँगको भेटवार्तामा नेपाली राजदूत वा राजदूतावासका प्रतिनिधिलाई सहभागी नगराइने भएको छ ।

अध्यक्ष प्रचण्ड शनिबार बिहान नेपाली राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् । नेपाली दूतावासमा प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा पनि प्रचण्डसँगको भेटवार्तामा सहभागी हुने तय भएको दूतावास स्रोतले बताएको छ । राणा स्वास्थ्योपचारका क्रममा एक सातादेखि दिल्लीमा छिन् । दिल्लीस्थित प्रवासी नेपालीसँग पनि प्रचण्डले शनिबारै भेट गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका युवा नेता आरबी खड्काले टेलिफोनमा बताए ।

प्रचण्डले शनिबार फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । यो संस्थाका उपाध्यक्ष भाजपा विदेश विभाग प्रमुख डा. चौथाइवाले हुन् । कार्यक्रम दिल्लीको चाणक्यपुरीस्थित सुष्मा स्वराज भवनमा हुनेछ ।

शनिबार, असार ३२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
सकियो अर्णव चक्रवातको असर
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल
न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • २.
    सकियो अर्णव चक्रवातको असर

  • ३.
    एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • ४.
    आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ७.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ८.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.