जेठ ५ , चितवन ।भरतपुर महानगरपालिकाको मतको गणनामा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । ४७ हजार ५११ मत गणना हुँदा दाहालले १७ हजार ९७२ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १४ हजार ६४७ मत पाएका छन् ।
भरतपुर १० नम्वर वार्ड र ११ नम्वर वार्डको मतगणना चलिरहदा रेनु दाहालले निकटतम प्रतिद्वन्द्वीविरुद्ध ३३२५ मतको अग्रता लिएकी छन् । यहि वार्डलाई एमाले गढको रुपमा लिए पनि विजय सुवेदीको भन्द रेनु दाहाललाई बढी मत आएको छ ।वार्ड १० मा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसकाका परमेश्वर खनाल जितको नजिक छन् भने ११ मा भने एमालेले करिब ३०० मतले अघि रहेको छ ।
मेयर
रेनु दाहाल १७९७२
विजय सुवेदी १४६४७
जगन्नाथ पौडेल ७२२३
उपमेयर
चित्रसेन अधिकारी (रुख)२०५२१
हिमला गुरुङ(हलो) ११६७३
तपाईको प्रतिक्रिया


