• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

चार हिमतालको पानी घटाइने

  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ २७ गते । उच्च जोखिममा रहेका नेपालका हिमतालमध्ये चार वटा ठुला हिमतालको पानी घटाउने गृहकार्य सरकारले सुरु गरेको छ । हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृहकार्य थालेको हो ।

यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ । केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका दुई दशकयता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढेको छ भने विस्फोट भएर हिमबाढी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठुलो क्षति हुने क्रम पनि बढेको छ । त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत सुरु गरेको हो ।

विगतमा भएको अध्ययन अनुसार नेपाल–भारत–चीनमा गरेर ४७ वटा हिमताल कुनै पनि बेला विस्फोट हुने खतरायुक्त छन् । भट्टराईले भन्नुभयो, “त्यसमध्येका २५ वटा हिमताल नेपालमा छन्, तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरबार जस्तै बनेकाले पानीको तह घटाउनैपर्ने अवस्थामा पुगेका छन् ।”

हिमताल व्यवस्थापनका लागि बनेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार सङ्खुवासभाको तल्लो वरुण, सोलुखुम्बुको लुम्डिङ च्छो र होङ्गु टु तथा मनाङको ठुलागीसहित चार वटा हिमतालको पानीको सतह घटाउने तयारी भएको छ । यीमध्ये सबैभन्दा ठुलो र गहिरो हिमताल तल्लो वरुण हो । यसको क्षेत्रफल दुई वर्गकिलोमिटरभन्दा बढी रहेको छ । यो हिमताल ०.७६ वर्गकिलोमिटरबाट बढेर अहिलेको अवस्थामा पुगेको हो । यसको करिब तीनदेखि चार मिटर पानीको सतह घटाइने केन्द्रका उपनिर्देशक डा. भट्टराईले बताउनुभयो । होङ्गु टु एक वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ताल हो भने लुङ्दिङ च्छो ०.७० वर्गकिलोमिटरबाट १.५३ वर्गकिलोमिटरमा फैलिएको ठुलो ताल रहेको छ । होङ्गु टु विगतमा ०.४६ बढेर अहिलेको अवस्थामा पुगेको हो । त्यस्तै मनाङको ठुलागी हिमताल ०.७५ बाट बढेर एक वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

नेपाल सरकार, ग्रिन क्लाइमेट फन्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा हिमतालको पानी घटाउन पाँच अर्ब रुपियाँ बराबरको परियोजना थालनी भएको हो । कुल १५ वर्षको परियोजनामा पहिलो सात वर्षभित्रमा हिमतालको पानीको सतह घटाइ सक्नुपर्ने छ । त्यसपछिका थप आठ वर्ष तल्लो तहको सुरक्षा, मर्मतसम्भार र व्यवस्थापनका लागि खर्चने योजना रहेको छ ।

नेपाल सरकारले हिमतालको पानी घटाउन पहिलो दुई वर्ष कसरी पानी घटाउने भन्ने अध्ययन तथा कार्ययोजना निर्माण गर्न लाग्ने अनुमान छ । उपनिर्देशक भट्टराईले थप्नुभयो, “पहिलो र दोस्रो वर्षसम्म हुने कामका लागि नेपाल सरकारले १५ करोड २१ लाख बराबरको बजेट उपलब्ध गराएको छ, जसमा पछि ग्रिन क्लाइमेट फन्डबाट रकम आएपछि अरू कार्यका लागि खर्च हुने छ ।” जस अनुसार ग्रिन क्लाइमेट फन्डको ३६.१६ मिलियन अमेरिकी डलर, युएनडिपीको २.१४ मिलियन अमेरिकी डलर र नेपालको ११.६२ मिलियन अमेरिकी डलर बराबरको योगदान रहने छ । पहिलो वर्ष उक्त चार तालको सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कनसँगै कार्ययोजना निर्माण हुने छ । दोस्रो वर्षमा विश्वव्यापी बोलपत्र आह्वान गर्दै अरू निकायलाई अध्ययनका आधारमा हिमतालको पानी घटाउने जिम्मा दिइने छ ।

यसरी घट्छ पानी 

कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले विगतको पाठ सिकेर समयमै हिमतालका पानी व्यवस्थापन गर्न सकिएन भने त्यसले भविष्यमा पनि जनधनको क्षति गराउन सक्ने बताउनुभयो । सोही अभिप्रायले सरकारले अहिले नेपालका केही हिमतालको पानी घटाउने प्रक्रिया अघि बढाएको उहाँले सुनाउनुभयो ।

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग
‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य
‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • २.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ३.
    ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक

  • ४.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ५.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ६.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ७.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ८.
    सामूहिक प्रयासमा फूलखेती

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.