• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

राष्ट्रसङ्घमा ‘जलवायु न्याय’ प्रस्ताव राख्दै नेपाल

  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ २७ गते । जलवायु परिवर्तनका कारण नेपालका हिमाल र नागरिकमा गम्भिर प्रभाव दोहोरिन थालेपछि संयुक्त राष्ट्रसङ्घमा नेपालले जलवायु न्यायको प्रस्तावसहित उपस्थिति जनाउने तयारी थालेको छ ।  प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालले सहभागिता जनाउने छ । महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र वैश्विक तापक्रम वृद्धिका कारण विगत र वर्तमानमा नेपालले भोगिरहेको पीडा अवगत गराउँदै दीर्घकालीन जलवायु न्याय पाउने बाटो खुला गर्न विश्व समुदायलाई अपिल गर्नुहुने छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार भेटघाटमा सोधिएको जिज्ञासाको जवाफ दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले प्रस्ताव लैजाने विषयमा विज्ञहरूसँग परामर्श गर्दै प्रारम्भिक छलफल भइरहेको जानकारी दिनुभयो ।

आउँदो सेप्टेम्बर २२ देखि २८ सेप्टेम्बरसम्म चल्ने महासभाको उच्चस्तरीय छलफलमा नेपालले सक्रियताका साथ सहभागिता जनाउने छ । जस अनुसार २४ सेप्टेम्बर अर्थात् असोज ८ गते प्रधानमन्त्री शाहले सम्बोधन गर्नुहुने परराष्ट्र सचिव राईले जानकारी दिनुभयो । हिमालको ठुलो हिस्सा खसेर भोटेकोशीमा आएको हिमबाढीका कारण नेपालले अपुरणीय क्षति भोगीरहेको अवस्था छ । यस हिमबाढीले नेपाल जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको पुनर्पुष्टि गरेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो,  “विश्‍वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालले नगण्य योगदान पुर्‍याए पनि यसका नकारात्मक असरबाट नेपाल जस्ता मुलुकहरू सर्वाधिक पीडित हुनु परेको अवस्था छ ।”

प्रधानमन्त्री शाहले महासभामा नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असर भोग्नु परिरहेको विषयलाई सम्बोधनमार्फत विश्वमाझ उजागर गर्नुहुने छ । यस सन्दर्भमा नेपाललाई संयुक्त राष्ट्रसङ्घीय ‘फन्ड फर रेस्पोन्डिङ लस एन्ड ड्यामेज’ लगायतका निकायबाट तत्कालै उचित क्षतिपूर्ति दिलाउन विश्व समुदायलाई प्रधानमन्त्री शाहले आह्वान गर्नुहुने छ ।

प्रधानमन्त्री शाहले नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायुमैत्री कृषि प्रवर्धन गर्न र सरोकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकलाई अपिल गर्नुहुने छ  । साथै नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन संरक्षणसँगै विशाल हिमालय क्षेत्र र बृहत् नदी प्रणालीमार्फत विश्व जलवायु तथा वातावरण संरक्षण र प्रवर्धनमा पुर्‍याउँदै आएको बलियो योगदानको बारेमा विश्वसमुदायलाई अवगत गराउनुहुने छ ।

नेपालले छुट्टै सत्र गर्ने

राष्ट्रसङ्घको महासभामा नेपालले आफ्नो छुट्टै साइडलाइन सत्र सञ्चालन गर्ने भएको छ । परराष्ट्रसचिव राईका अनुसार ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि एक अपिल’ विषयक सत्र सञ्चालन हुने छ । जसमा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनाशकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गरिने छ । सो क्रममा प्रधानमन्त्री शाहले विभिन्न मुलुकका  समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च पदाधिकारीहरूसँग भेटवार्ता र छलफल गर्नुहुने तयारी छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल पनि विभिन्न सत्रमा सक्रिय रहनुहुने छ । उहाँले अतिकम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, जी ७७ र चीनलगायतका मन्त्रीस्तरीय बैठकमा सम्बोधन गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ । मन्त्री खनालले छिमेकी मुलुकलगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्चाधिकारीहरूसँग भेटवार्ता गर्नुहुने छ ।  महासभामा जाने प्रधानमन्त्री शाहको उच्चस्तरीय प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल,  प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका उच्चपदस्थ पदाधिकारी रहनुहुने मन्त्रालयले जनाएको छ ।

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग
‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य
‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • २.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ३.
    ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक

  • ४.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ५.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ६.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ७.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ८.
    सामूहिक प्रयासमा फूलखेती

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.