• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

कृष्णभिरमा यातायात खोल्ने तयारी

  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित

नारायणगढ (चितवन), भदौ २८ गते । कृष्णभिरमा राजमार्ग नै भासिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज १ अघि नै  खुलाउने  तयारी भएको छ । त्रिशूली नदीको निरन्तर कटानले भासिएको राजमार्गसँगैको भिर कटान गरेर खुलाउन लागिएको हो । पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भिरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुला गरिने जानकारी दिनुभयो ।

“भित्ता काट्ने काम सकियो । अब राजमार्गको ग्रेड (स्लोभ मिलाउने) काटेर सर्फेस (सतह) मिलाउन बाँकी छ । अनि कम्प्याक्सन (थिचेर मजबुत बनाउने) गर्दै ग्राबेल गरेपछि राजमार्ग सञ्चालनमा ल्याउने छौँ,” उहाँले गोरखापत्रसँग भन्नुभयो, “हामीले बढीमा असोज १ गतेसम्म राजमार्ग सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएका छौँ । त्यसयता नै सम्पन्न गर्ने प्रयास हुन सक्छ तर पनि छिट्टै भ्याइयो भने भ्याइनेबित्तिकै राजमार्ग खुला गर्ने छौँ ।”

अहिलेकै गतिमा काम भयो भने दुई वा तीन दिनमै सडक खुल्न सक्ने उहाँले जानकारी दिनुभयो । १० मिटर चौडाइमा १५२ मिटर लम्बाइको भिर काटेपछि अहिले राजमार्ग खुला हुने आधार बनेको हो ।

“भिर माथिल्लो भागदेखि नै स्लोपमा काटेर राजमार्गको सतहमा आइपुग्दा १० मिटर चौडाइमा रहेको छ,” सिडिई अधिकारीले भन्नुभयो । आयोजनाका इन्जिनियर धिरण ढकालका अनुसार अहिले एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर, ग्रेडरलगायत उपकरण परिचालित छन् । “दिनरात नभनी अहिले राजमार्ग खुला गराउन लागेका छौँ,” उहाँले भन्नुभयो ।

तराईका जिल्लाहरूलाई सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग नै अहिले अवरुद्ध छ । कृष्णभिरमा भासिने र पहिरो झर्ने समस्याले पटक पटक सडक प्रभावित हुँदै आएको छ । २०५७ सालदेखि समस्या दिँदै आएको यो भिर केही वर्ष समस्या नआए पनि पछिल्लो पटक गत भदौ १४ गते भासिँदा अहिले राजमार्ग अवरुद्ध भएको हो ।

ग्यास बुलेटलाई प्राथमिकता

भदौ १४ गतेदेखि राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौँमा एलपी ग्यास तथा खाद्यान्नलगायत वस्तु ढुवानीमा समस्या भएको छ । वैकल्पिक  सडकबाट पर्याप्त खाद्यान्न तथा ग्यास ढुवानी हुन नसकेपछि काठमाडौँमा यसको समस्या देखिएको छ ।

इन्जिनियर ढकाल राजधानीको समस्यालाई दृष्टिगत गर्दै राजमार्ग खुला भएपछि पहिलो पटक खाद्यान्न, एलपी ग्यासका बुलेट, औषधीका गाडी, एम्बुलेन्स जस्ता सवारी साधनलाई प्राथमिकतामा राखिने बताउनुहुन्छ ।

कृष्णभिरको पहिरोले सङ्घीय राजधानी काठमाडौँलाई तराईका जिल्ला तथा मध्यपहाडी क्षेत्रसँगको सडक सम्पर्कविच्छेद गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डे राजमार्ग अवरुद्ध हुँदा यो सडक भएर काठमाडौँ जाने दैनिक १५ हजार हाराहारीका सवारीसाधन समस्यामा परेका बताउनुहुन्छ ।  यसरी गुड्ने सवारीसाधनमध्ये मालवाहक र खाद्यान्न बोक्ने सवारीसाधन चार हजारको हाराहारीमा छन् ।

आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग
‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य
‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • २.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ३.
    ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक

  • ४.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ५.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ६.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ७.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ८.
    सामूहिक प्रयासमा फूलखेती

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.