क्यानेडियन स्टडी सेन्टरले उच्च शिक्षाको लागि क्यानडा गएका दुई विद्याथीलाइ आर्थिक छात्रवृत्ति प्रदान गरेको छ । सेनेका कलेजमा अध्यनरत उमेश राज पाण्डे र ज्वती सुवाल यो छात्रवृत्ति पाएका हुन् ।
दुईलाई क्यानेडियन स्टडी सेन्टरले एक–एक लाख नेपाली रुपैया सहयोग गरेको हो । पहिलो चरणमा उच्च शिक्षाको क्रममा आर्थिक समस्या परेका ५ विद्याथीलाई क्यानेडियन स्टडी सेन्टरले सहयोग गर्ने छ । उक्त घोसणाअनुरुप पहिलो चरणमा दुई विद्याथीले आर्थिक सहयोग पाएका हुन्। आफ्नो विद्याथी संघर्ष जीवनमा सहयोग गरेको भन्दै पाण्डे र सुवालले क्यानेडियन स्टडी सेन्टरलाई धन्यवाद व्यक्त गरेका छन् ।
क्यानेडियन स्टडी सेन्टर मैतिदेबी, नयाँ बानेस्वर, कमलादी, बागबजार, चितवन, बुटुवल, इटहरी, कुमारीपाटी र क्यानाडामा रहेको छ । क्यानेडियन स्टडी सेन्टर नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत भएकाले यो विश्वसनीय संस्था हो । यो संस्था विशेषतः क्यानडाको मात्र काम गर्छ। लामो समय देखि क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरुलाइ परामर्श दिदै आएको क्यानेडियन स्टडी सेन्टर क्यानडा अध्यनको लागि विद्याथीमाझ पहिलो रोजाईमा पर्ने कन्सल्टेन्सी हो ।


