• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

पहिलो पटक पुग्यो ७७ वटै जिल्लामा पाठ्यपुस्तक

  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित

यस वर्ष पाठ्यपुस्तक ७७ वटै जिल्लामा पुगिसकेको छ ।

शैक्षिक सत्र सुरु हुनुअघि सबै स्थानीय बिक्रेतासम्म पाठ्यपुस्तक पुगेको यो पहिलो पटक हो । शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदैछ । वैशाख १ देखि शैक्षिक सत्र सुरु भए पनि नियमित पढाइ भने वैशाख दोस्रो साताबाट मात्रै सुरु हुने छ । विद्यालय पुगेपछि विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने छन् ।

कुनै जिल्लामा छिटपुट रूपमा पुस्तक अपुग भएमा एक/दुई दिनमै पुर्‍याइने केन्द्रले जाएको छ । जनक शिक्षाले पनि सरकारको पर्याप्त सहयोगका कारण यो कार्य सम्भव भएको भन्दै अर्को वर्ष अझै सहज हुने विश्वास व्यक्त गरेको छ । यसबाट विद्यार्थी तथा अभिभावक खुसी छन् ।

आफ्नो नौ वटा प्रादेशिक कार्यालय र डिपोमार्फत एक हजार २६७ वटा स्थानीय बिक्रेताकहाँ पुस्तक पुगिसकेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले बताउनुभयो । उहाँका अनुसार स्थानीय बिक्रेतामार्फत सम्बन्धित विद्यालयले पाठ्यपुस्तक लैजाने छन् ।

आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छापेको छ । केन्द्रलाई कक्षा पाँचदेखि १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी दिइएको छ । सरकारी स्वामित्वको यो संस्थालाई गत वर्ष भने कक्षा ६ देखि १२ सम्मको मात्रै पुस्तक छाप्ने अनुमति दिएको थियो ।

तर त्यतिखेर समयमै पुस्तक छापेर शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीका हातहातमा पुर्‍याउन सफल भएपछि आगामी वर्षका लागि कक्षा ५ देखिकै पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको हो । यस पटक पुस्तक छाप्ने मेसिन खरिद र जनशक्ति बढाइएका कारण समयमै पुस्तक जिल्लामा पुग्न सकेको प्रबन्ध सञ्चालक झाले बताउनुभयो ।  सरकारी इच्छाशक्ति, पूर्वयोजना, स्रोत साधन, जनशक्ति र व्यवस्थापनको प्रभावकारी तालमेलले सकारात्मक परिणाम आएको उहाँले बताउनुभयो । कक्षा १ देखि १० सम्म विद्यार्थीलाई यी पाठ्यपुस्तक निःशुल्क वितरण गरिन्छ ।

जनक शिक्षाको पुस्तक विद्यालयसम्म पुर्‍याउन प्रत्येक जिल्लामा न्यूनतम पाँच/छ वटा बिक्रेता छनोट गरिएको छ । ती बिक्रेतालाई पुस्तक खरिद गर्दा ९ प्रतिशत छुट दिइन्छ । पुस्तक ढुवानीबापत छुट्टै रकम पनि दिइन्छ ।

सरकारले कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी भने नौ वटा निजी मुद्रण संस्थालाई दिएको छ । तिनीहरूले पनि पुस्तक छपाइ तथा वितरणलाई तीव्रता दिइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि ८४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । यी पुस्तक सम्बन्धित जिल्लामा पुगिसकेको केन्द्रले बताएको छ ।

शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.