• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

बगर बनेको बजारमा अडिँदैन मन

  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित

देवीघाट (नुवाकोट), भदौ २५ गते । नुवाकोटको त्रिशूली र तादी नदीको सङ्गमस्थल विदुर नगरपालिकाको निकै चहलपहल हुने देवीघाट बजार अहिले चकमन्न छ । त्यहाँ अहिले बजारनजिकै ढुङ्गामा कुँदिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक मात्रै सग्लो छ । यही भदौ १० गते आएको भोटेकोशी हिमबाढीले वितण्डा मच्चाएपछि देवीघाट बजार खण्डहरमा परिणत भएको छ । त्यहाँ भएका रुखसमेत सग्ला छैनन् ।

कल्पना नै नगरेको बाढीले अधिकांश घर पुरिएपछि तीन सयभन्दा बढी विस्थापित परिवारले नजिकैको होल्डिङ सेन्टरमा आश्रय लिएका छन् । लाखौँको सम्पत्ति रातारात रित्तिएपछि बाढीबाट बाँच्न सफल देवीघाट र ढुङ्गे बजारका बासिन्दा अब अर्कै ठाउँ सर्न चाहन्छन् । बर्सौं यहीँ जीवन बिताएकाको पनि मन अडिन सकेको छैन बगरमा बदलिएको बजारमा । फेरि पनि यस्तै विपत् आउन सक्ने भएकाले उनीहरू उचित ठाउँमा स्थानान्तरण हुन चाहन्छन् । होल्डिङ सेन्टरमा बसेको १५ औँ दिन पुग्दै गर्दा विस्थापित परिवार व्यवस्थित पुनस्र्थापनाको पर्खाइमा छन् ।

बर्सौंदेखि धार्मिक, पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा स्थापित देवीघाट बगरमा परिणत भएपछि अन्त कतै पुनस्र्थापना हुने पखाईमा छ । देवीघाटमा टेलरिङ चलाएर घरखर्च चलाउँदै आएकी चमेली श्रेष्ठ नजिकै रहेको चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा एकसरो लुगामा बस्दै आउनुभएको छ । राहत सामग्री प्राप्त भएकाले तत्काल खान र बस्न समस्या नभए पनि दीर्घकालीन रूपमा छोराछोरी पढाउन र दैनिक जीवन कसरी चलाउने भन्ने कुराले उहाँलाई पिरोल्न थालेको छ । “मैले जग्गाजमिन बेचेको पैसा र जीवनभर कमाएको पैसाले अढाईतले घर बनाएँ । जीवन निर्वाह गर्न घरमा टेलरिङ चलाएँ । बाढीले घरसँगै सिलाउने मेसिन, लत्ताकपडा, पकाउने भाँडाकुँडा सबै बगायो । अब शरीरमा एकसरो लुगा मात्रै बाँकी छ,” गहभरि आँसुको बाढी बगाइरहेकी श्रेष्ठले भन्नुभयो, “अब छोराछोरी कसरी पढाउने ? कहाँ गएर ओत लाग्ने ? के गरेर जीवन चलाउने सोच्दासमेत रिँगटा चल्छ ।”

बाढीले सम्पूर्ण देवीघाट बजार नै बस्न अयोग्य बनाएपछि हिजोआज जोकोहीले देवीघाटबारे सोध्नेबित्तिकै उहाँ भक्कानी हाल्नुहुन्छ । अब राज्यले देवीघाटको नामनिसाना नदेखिने गरी अन्त कतै घर बनाएर पुनस्र्थापना गरिदियोस् भन्ने उहाँको चाहना छ ।

यस्तै पीडामा हुनुहुन्छ देवीघाटकै चारतले घरका मालिक राजाराम पुडासैनी पनि । उहाँको घरको तीन तलासम्म हिलो, माटो र गेग्य्रानले पुरिएको छ । “घरको सामान केही निकाल्न पाइएन । मैले स्टेसनरी चलाएर जीवन चलाउँथे । मेरो शरीरमा भएको लुगाबाहेक घरबाट केही निकाल्न पाइनँ । परिवारका सदस्य घरबाहिर भएकाले आफू स्कुटरमा भागेर ज्यान जोगाएँ,” उहाँले दुःखेसो

पोख्नुभयो, “स्टेसनरीमा भएका १०/१५ लाखका किताब, कापी सबै बगायो । घरको २५ तोला सुनसहित नगद सबै बगायो ।” उहाँलाई अब छोरीको नर्सिङ अध्ययन कसरी पूरा गराउने भन्ने विषयले पिरोल्न थालेको छ । भारतको बैङ्लुरुमा बिएससी पढाउन पहिलो किस्ताको भर्ना शुल्क बुझाएका पुडासैनी छोरीको पढाइलाई निरन्तरता दिन निकै कठिन छ  ।

छोरीको पढाइ रोकिने चिन्ता भएपछि उहाँले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई मङ्गलबार भेटेर दुःखेसो सुनाउनुभयो । देवीघाटमा फेरि पनि दुःख आइपर्न सक्ने भएकाले अन्त कतै पुनस्र्थापना गरिनुपर्ने उहाँको पनि धारणा छ । वृद्धा कान्छी नेपालीका श्रीमान्ले दुःखजिलो गरेर एकतले घर बनाए पनि सबै बाढीले बगायो । उहाँले श्रीमान् नहुँदाको पीडा त्यसैमा घरसँगै सर्वस्व बगाएपछि मरेतुल्य जस्तै भएको सुनाउनुभयो । देवीघाट जस्तै खण्डहर भएको ढुङ्गे बजारका जनक अधिकारीको चारतले घर बाढीले बगायो । उहाँ बचेखुचेका भाँडाकुँडा खोजेर धारामा पखाल्दै हुनुहुन्थ्यो । बाढीले घरसहित जीवनभरको कमाइ बगाएपछि कसैसँग बोल्ने जाँगरसमेत नभएको भन्दै उहाँले पीडा सुनाएर के हुन्छ र भन्दै प्रतिप्रश्न गर्नुभयो ।

ढुङ्गे बजारका झन्डै दुई सय घरपरिवार विस्थापित भएपछि उहाँले काठमाडौँमा भाइको घरमा आश्रय लिइरहनुभएको छ । ढुङ्गे बजार व्यापारिक केन्द्र भए पनि फेरि बाढीले वितण्डा मच्चाउन सक्ने भएकाले राज्यले सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने उहाँको पनि मत छ ।

ढुङ्गे बजारकै रामहरि रिजालको पाँचतले घर तीन तलासम्म हिलैहिलोले भरिएर बस्नै नमिल्ने बनाएको छ । बाढीले दुई तलासम्म बस्न नमिल्ने बनाए पनि माथिल्लो तलामा बस्न मिल्छ कि भन्दै उहाँ सफाइ गर्दै हुनुहुन्थ्यो । बाढीले नसोचेको क्षति गरेकाले अब ढुङ्गे बजारलाई पुरानै स्वरूपमा फर्काउन नसकिने उहाँको भनाइ छ । देवीघाट र ढुङ्गे बजारका अधिकांश विस्थापित परिवारले राज्यले नै सुरक्षित ठाउँमा स्थानान्तरण गरेर राख्नुपर्ने धारणा राख्ने गरेका छन् । नुवाकोटका विद्यालयसहित सङ्घ संस्थाका विभिन्न २० होल्डिङ सेन्टरमा दुई हजार २० जनाले आश्रम लिएका छन् । जसमा एक हजार ४१ महिला र ९७९ पुरुष छन् । होल्डिङ सेन्टरमा चाउचाउ, बिस्कुट, दालमोट, पानी, दाल, चामललगायतका खाद्यान्न राज्य र समाजसेवीका तर्फबाट पुग्ने गरेको छ ।

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाढी प्रभावित व्यक्तिलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएकाले सबैको विवरण लिएपछि पुनस्र्थापनाको चरणमा प्रवेश गरिने बताउनुभयो । सङ्घीय सरकारको सहयोगमा प्रदेश र स्थानीय सरकारको समन्वयमा बाढी विस्थापित परिवारलाई स्थानान्तरण गरिने उहाँले बताउनुभयो । “हामीले बाढी विस्थापित परिवारको स्थानीय तहको वडाबाट डाटा लिइरहेका छौँ । कति परिवारका कति जना प्रभावित भए ? कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा अध्ययन हुने छ,” उहाँले भन्नुभयो, “स्थानान्तरण गर्ने परिवार कति हुन्छ, कतिलाई क्षतिपूर्ति दिने सबै अध्ययन भएपछि स्थानान्तरणका लागि स्पेस खोजिने छ ।” अब होल्डिङ सेन्टरबाट विस्तारै भाडामा राखेर व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग
‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य
‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • २.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ३.
    ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक

  • ४.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ५.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ६.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ७.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ८.
    सामूहिक प्रयासमा फूलखेती

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.