काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
यादवको सचिवालयले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ।
मन्त्री पदमा रहँदा यादवले बिहीबार ग्यास उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता कस्नुपर्ने’ भन्दै अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिलाई लिएर उनी विवादमा तानिएकी थिइन्।
यादवले गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा शपथ लिएकी थिइन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।
राजीनामासँगै यादवको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी छोटिएको छ।
तपाईको प्रतिक्रिया


