काठमाडौँ, भदौ २५ गते । नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा राष्ट्रपति पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य दीपककुमार साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुभएको हो।
साहले आजैदेखि उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ।
तपाईको प्रतिक्रिया


